चिनीको भन्सार दरमा शतप्रतिशत बृद्धि, उखुको मूल्यबृद्धि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
४६ पटक हेरिएको
Shares
चिनीको भन्सार दरमा शतप्रतिशत बृद्धि, उखुको मूल्यबृद्धि

सारांश

  • काठमाडौँ, ४ बैशाख ।
  • सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार दरमा शतप्रतिशत वृद्धि गरेको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटरमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार दर ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

काठमाडौँ, ४ बैशाख । सरकारले स्वदेशी चिनी उद्योगलाई प्रोत्साहन गर्न चिनीको हालको भन्सार दरमा शतप्रतिशत वृद्धि गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनीको भन्सार दर ३० प्रतिशत कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

चिनीको हाल भन्सार दर १५ प्रतिशत रहेको छ । नयाँ भन्सार मूल्य अब तुरुन्तै लागू हुने राज्यमन्त्री बाँस्कोटाले बताए ।

सरकारले उखुको मूल्यमा प्रतिक्वीन्टल ५ रुपैयाँ ५६ पैसाका दरले वृद्धि गरेको छ । उखु किसानलाई राहत दिने उद्देश्यले उखुको मूल्य प्रति क्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा कायम गरेको हो । हाल उखु प्रतिक्वीन्टल ५३१ रुपैयाँम बिक्री हुँदै आएको छ ।

उखुको मूल्यसँगै चिनीको कारखाना उत्पादन मूल्य प्रतिकिलो रु ७० बाट मूल्य बढ्न नदिन आवश्यक संयन्त्र निर्माण गर्ने निर्णय भएको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए ।

बाहिरी चक्रपथका लागि जग्गा एकीकरण अनुमति

सरकारले काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माण गर्ने सतुङ्गल क्षेत्रको ६ दशमलव ६ किमी क्षेत्रको जग्गा एकीकरण योजना सञ्चालन गर्न उपत्यका विकास प्राधिकरणलाई उपलब्ध गराउने निर्णय गरेको पनि मन्त्री बाँस्कोटाले जानकारी दिए । सरकारले प्रदेश र संघबीचमा आन्तरिक सुरक्षा व्यवस्थापन गर्नेसम्बन्धी कार्यकारी निर्देशन जारी गर्ने निर्णय गरेको छ । कानून तर्जुमा र परिमार्जन नहुन्जेलसम्मका लागि यो निर्देशन लागू हुनेछ ।

सरकारले यातायात क्षेत्रसँग सम्बन्धित संघसंस्थाको दर्ता र नवीकरण जिल्ला प्रशासन कार्यालयबाट नगर्ने÷नगराउने निर्णय गरेको छ । संघसंस्था ऐन, २०३४ अनुसार दर्ता हँुदै आएकोमा अब त्यो व्यवस्था रोकिएको छ । त्यस्ता संघसंस्थाले कम्पनी रजिस्टारको कार्यालय वा सम्बन्धित मन्त्रालयबाट दर्ता अनुमति लिनुपर्ने छ ।

बैठकले कर्मचारी सञ्चय कोषको प्रशासकमा तुलसीप्रसाद गौतमलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । विदेशी विनिमय व्यवस्थापन गर्न बनेको विधेकको अवधारणालाई अघि बढाउन सैद्धान्तिक सहमति दिने निर्णय पनि बैठकले गरेको छ । बैठकबाट विद्युतीय भुक्तानीलाई सुनिश्चित गर्न बनेको आर्थिक कार्यविधि पहिलो संशोधन विधेयकलाई पनि स्वीकृत गर्ने निर्णय भएको छ ।

१२ मन्त्रालयका छ विभाग खारेज

सरकारले संघमा रहने मन्त्रालयको विभाग र कर्मचारी दरबन्दी घटाउने सन्दर्भमा हालसम्म १२ वटा मन्त्रालय मातहतका ४० विभाग रहेकामा त्यसलाई घटाएर ३४ कायम गर्ने निर्णय भएको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए । यसरी विभागको संख्या घट्दा २६ दशमलव ७६ प्रतिशत अर्थात ९४६ कर्मचारीको दरबन्दी कटौती हुनेछ । अरु २१ वटा विभागको बारेमा छलफल भइरहेकाले निर्णय हुन बाँकी रहेको उनले बताए ।

(https://tokyosmyrna.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Bishnu Acharya

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतालाई खाना नदिने प्रजातन्त्र काम लाग्दैनः प्रम ओली
जनतालाई खाना नदिने प्रजातन्त्र काम लाग्दैनः प्रम ओली
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री र पार्टी अध्यक्षको विषयमा विवाद छैन, पार्टी एकता हुन्छ : माओवादी अध्यक्ष प्रचण्ड
ताप्लेजुङका उम्मेदवार भन्छन्:अलैंचीको भाउ बढाइदिन्छौं’
ताप्लेजुङका उम्मेदवार भन्छन्:अलैंचीको भाउ बढाइदिन्छौं’
अनमोललाई मित्रताले सेक्रेट लाइफबाट बाहिर निकाल्यो
अनमोललाई मित्रताले सेक्रेट लाइफबाट बाहिर निकाल्यो
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
‘Masaan’ actress Shweta Tripathi looks cheerful at her mehendi ceremony, see pics
‘Masaan’ actress Shweta Tripathi looks cheerful at her mehendi ceremony, see pics
प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे
प्रधानन्यायाधीश जबराले प्रधानसेनापति थापालाई सर्वोच्चमा बोलाएर किन भेटे
प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता
धितोपत्र बोर्डबाट वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंकलाई अनुमति
धितोपत्र बोर्डबाट वेल्थ म्यानेजमेण्ट एण्ड मर्चेण्ट बैंकलाई अनुमति