३२ जिल्लामा शान्तिपूर्ण रूपमा मतदान शुरु : कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
३२ जिल्लामा शान्तिपूर्ण रूपमा मतदान शुरु : कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

सारांश

  • प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बिहान ७ बजेदेखि शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
  • आज प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।
  • मतदानका लागि विहान ७ बजेभन्दा अगाडिदेखि नै मतदाताहरु आ–आफ्ना मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेको पनि आयोगले जनाएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा बिहान ७ बजेदेखि शान्तिपूर्ण मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । आज प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ ।

मतदानका लागि विहान ७ बजेभन्दा अगाडिदेखि नै मतदाताहरु आ–आफ्ना मतदान केन्द्रमा मतदानका लागि लाइनमा बसेको पनि आयोगले जनाएको छ । मुगु जिल्लामा सबैभन्दा बढी संख्यामा मतदाताहरु मतदान केन्द्रमा मतदानका लागि सरिक भएका छन् ।

पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरु :

प्रदेश नं. १

सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पाँचथर र खोटाङ,

प्रदेश नं. ३

नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप,

प्रदेश नंं. ४

मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा,

प्रदेश नंं. ५

रुकुम पूर्वी भाग र रोल्पा,

प्रदेश नं. ६

रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा

प्रदेश नं. ७

दार्चुला, बझाङ, बाजुरा र बैतडी

उक्त जिल्लामा ४ हजार ४६५ मतदान केन्द्रहरुमा मतदान भइरहेको छ । यस पहिलो चरणको निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?