जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २२, २०७४
|
|
५३ पटक हेरिएको
Shares
जुम्लाबासीकाे पीडा: १० चक्की खानुपर्नेमा २ चक्की औषधि खान्छन् बिरामी

सारांश

  • स्वास्थ्य संस्थामा औषधि अभावका कारण विरामीलाई पुर्ण डोजको औषधि दिन नसकिएको पातारासी गाउँपालिका स्थित छुमचौर स्वास्थ्य चौकीका प्रमुख प्रकाश सापकोटाले बताए ।
  • उनले भने ‘अहिले औषधि अभावका कारण १० ट्याप्लेट दिनुपर्ने विरामीलाई २ वटा चक्की मात्र दिएका छौँ ।
  • ’ गाउँपालिकामा औषधि खरिदको बजेट आएको छ भन्ने सुनिए पनि चालु आर्थिक वर्षको पहिलो चौमासिक वित्न लागि सक्दा पनि औषधि खरिद नभएकाले अभाव भएको उनले बताए ।

स्वास्थ्य संस्थामा औषधि अभावका कारण विरामीलाई पुर्ण डोजको औषधि दिन नसकिएको पातारासी गाउँपालिका स्थित छुमचौर स्वास्थ्य चौकीका प्रमुख प्रकाश सापकोटाले बताए । उनले भने ‘अहिले औषधि अभावका कारण १० ट्याप्लेट दिनुपर्ने विरामीलाई २ वटा चक्की मात्र दिएका छौँ ।’ गाउँपालिकामा औषधि खरिदको बजेट आएको छ भन्ने सुनिए पनि चालु आर्थिक वर्षको पहिलो चौमासिक वित्न लागि सक्दा पनि औषधि खरिद नभएकाले अभाव भएको उनले बताए ।

अहिले रुगाखोकी, झाडापखालाका बिरामीहरु प्रायजसो स्वास्थ्य संस्था आउने गरेपनि औषधि अभावका कारण कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रिफर गर्नुपर्ने बाध्यता भएको प्रमुख सापकोटाको भनाइ छ । आइरन चक्की नभएका कारण गर्भवती महिलालाई वितरण गर्न सकिएको छैन । उनले भने ‘औषधि खरिदका लागि गाउँपालिकाले ४ वटा स्वास्थ्य संस्थाका लागि २ लाख रुपैया बजेट विनियोजन गरेको छ त्यसले त १÷२ महिना पनि नपुग्ने अवस्था देखिन्छ । ’पातारासी गाउँपालिका स्थानीयले स्वास्थ्य संस्थामा औषधि नपाइने गुनासो गरेका छन् । स्थानीय विष्णु बुढाका अनुसार स्वास्थ्य चौकी आवश्यक परेको औषधि पाइँदैन स्वास्थ्यकर्मीले औषधि लेखिदिए पछि मेडिकलमा किनेर खाने गरेका छौ ।
बालबालिकाका लागि झोलमा औषधि छैन

तातोपानी गाउँपालिका स्थित लाम्रा स्वास्थ्य चौकीका प्रमुख गोपाल गिरीले अवको १ महिलापछि औषधिको चरम अभाव हुने सम्भावना देखिएको बताए । उनले भने ‘गाउँपालिकाले औषधि खरिदको सुरसार छैन जिल्ला स्टोरमा औषधि सकिदै छ । औषधि खरिदका लागि ५० हजार मात्र बजेट विनियोजन गरेको छ । त्यसले १/२ महिना पनि पुग्ने अवस्था देखिदैन ।’ प्रमुख गिरिका अनुसार बालबालिकाका लागि झोलमा औषधि छैन बच्चाले ट्याब्लेटमा खान नमान्ने भएकाले विशेषगरी झोलमा औषधि चाहिने हो तर त्यो औषधि छैन । स्वास्थ्य संस्थामा ३५ प्रकार औषधि निशुल्क पाइने भनिएपछि २० प्रकार मात्र औषधि आउने गरेको उनले बताए ।  हिमा गाउँपालिका स्थित महावैपाथरखोला स्वास्थ्य चौकीका टेक बुढाका अनुसार आइरन चक्की, एमोक्सिलन जस्ता अत्यआवश्यक औषधि अभाव छ । जिल्ला स्टोरमा माग गरेका छौ उनले भने अहिले स्वास्थ्य संस्थामा औषधिको अभाव नै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसियाली फुटबल महासंघ (एएफसी) यू–२३ च्याम्पियनसिपका लागि छनोट हुन असफल रह्यो नेपाल
एसियाली फुटबल महासंघ (एएफसी) यू–२३ च्याम्पियनसिपका लागि छनोट हुन असफल रह्यो नेपाल
जीप तथा माइक्रोबसका लागि नयाँ बसपार्कभित्र ५६ वटा टिकट काउण्टर थप
जीप तथा माइक्रोबसका लागि नयाँ बसपार्कभित्र ५६ वटा टिकट काउण्टर थप
पोखरामा गठबन्धनबाटै मेयरमा दोस्रो बागी
पोखरामा गठबन्धनबाटै मेयरमा दोस्रो बागी
के अमेरिका ‘फर्स्ट जेन्टलमेन’का लागि तयार छ ?
के अमेरिका ‘फर्स्ट जेन्टलमेन’का लागि तयार छ ?
“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो: प्रम अाेली
“देब्रे घुँडा र दाहिने घुँडा छुट्याउन नै नसक्ने चिकित्सा क्षेत्र गम्भीर बन्नुप¥यो: प्रम अाेली
लुकासको ह्याट्रिक, टोटेनह्याम फाइनलमा प्रवेश   
लुकासको ह्याट्रिक, टोटेनह्याम फाइनलमा प्रवेश   
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा पौडेल
एकीकृत समाजवादी सिन्धुपाल्चोक अध्यक्षमा पौडेल
बाम गठबन्धनका समानुपातिक उम्मेदवार गोरखा पुग्दा चिनकाजी र धिरन थापा संकटमा
बाम गठबन्धनका समानुपातिक उम्मेदवार गोरखा पुग्दा चिनकाजी र धिरन थापा संकटमा
चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग
चोरी आरोपमा कुटिएका सैनिकको मृत्यु, गाउँमा भागाभाग