कसरी गरिँदै छ मतपेटिकाको सुरक्षा ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १०, २०७४
|
|
२७ पटक हेरिएको
Shares
कसरी गरिँदै छ मतपेटिकाको सुरक्षा ?

सारांश

  • काठमाडौं, मंसिर १० – पहिलो चरण अन्तर्गत ३२ जिल्लामा प्रतिनिधिसभाका लागि ३७ तथा प्रदेशसभाका लागि ७४ वटा निर्वाचन क्षेत्रमा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ ।
  • आइतबार चुनाव भएको क्षेत्र भौगोलिक हिसाबले विकट भएकाले मतपेटिका संकलन गर्न रातभर लाग्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।
  • स्थलगत रुपमा मतपेटिका संकलन गर्न नसकेका ठाउँबाट हेलिकप्टरमार्फत ल्याउने तयारी गरिएको छ ।

काठमाडौं, मंसिर १० – पहिलो चरण अन्तर्गत ३२ जिल्लामा प्रतिनिधिसभाका लागि ३७ तथा प्रदेशसभाका लागि ७४ वटा निर्वाचन क्षेत्रमा मतदान सकिएसँगै मतपेटिका संकलनको काम भइरहेको छ ।

आइतबार चुनाव भएको क्षेत्र भौगोलिक हिसाबले विकट भएकाले मतपेटिका संकलन गर्न रातभर लाग्न सक्ने निर्वाचन आयोगले जनाएको छ । स्थलगत रुपमा मतपेटिका संकलन गर्न नसकेका ठाउँबाट हेलिकप्टरमार्फत ल्याउने तयारी गरिएको छ ।

मतपेटिका संकलन भए पनि दोस्रो चरणको मतदान २१ गते सकिएपछि एकैपटक मतगणना सुरु गरिने निर्वाचन आयोगले निर्णय गरेको छ । गणना २१ गतेपछि हुने भएकाले अब १० दिन मतपेटिका सुरक्षित राख्नुपर्ने चुनौती आयोग र सुरक्षा निकायलाई छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गरिनेछ ।

जम्मा गरिएका मतपेटिकालाई निर्वाचन अधिकृतको कार्यालयले सुरक्षाकर्मीको विशेष निगरानीमा बन्द कोठाभित्र सिलबन्दी गरेर राख्ने तयारी गरेको छ । मतपेटिका राखिएको कोठामा आयोगका अतिरिक्त राजनीतिक दलहरुले पनि ताल्चा वा सिलबन्दी गर्न सक्ने र सुरक्षाकर्मीसँगै दलका प्रतिनिधि पनि बस्न सक्नेछन् ।

दलहरुसँगको सहमतिका आधारमा मुख्य निर्वाचन अधिकृतले गणना कार्य अघि बढाउनेछन् । मंसिर २१ गते बाँकी ४५ जिल्लाका एक सय २८ क्षेत्रमा पनि चुनाव सकिएपछि गणना सुरु हुनेछ । आयोगले एक हप्ताभित्र प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशको परिणाम सार्वजनिक गर्ने गरी गणनाका लागि तयारी गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

(goldchannel.net)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने
कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने
Manisha Koirala’s striking resemblance to Nargis Dutt in her latest pictures will leave you in splits!
Manisha Koirala’s striking resemblance to Nargis Dutt in her latest pictures will leave you in splits!
बिदामा नेपाल गएका श्रमिकको रोजगारी गुम्ने खतरा
बिदामा नेपाल गएका श्रमिकको रोजगारी गुम्ने खतरा
सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
सरकारभन्दा बिचौलिया बलिया – मन्त्री यादवले भने ‘कालिमाटीका स्टलको सम्झौता खारेज गर्छौं’
फोनिजको नयाँ संरचना बन्ने
फोनिजको नयाँ संरचना बन्ने
कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर
कोरोना जोखिमले धमाधम जागिर जाँदा क्लासिक टेकले दिने भयो १६६ जनालाई जागिर
मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव
मतदाता नामावली अद्यावधिक गर्न पर्याप्त समय दिइनुपर्ने एमालेको सुझाव
सीमा क्षेत्रमा महिला–बालबालिका हराउने क्रम बढ्दो
सीमा क्षेत्रमा महिला–बालबालिका हराउने क्रम बढ्दो
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
देउवा, ओली र प्रचण्डबीच वार्ता सुरु,चुनाव र विवादित राष्ट्रिय सभाका विषयमा छलफल हुने
कांग्रेसमा मन्त्रीको भागवण्डा मिल्यो, यी हुन् मन्त्री बन्नेहरु
कांग्रेसमा मन्त्रीको भागवण्डा मिल्यो, यी हुन् मन्त्री बन्नेहरु

तपाईंले छुटाउनुभयो कि?