हेर्नुहोस् प्रचण्डको प्रतिबद्धता ,अब माडीलाई मणि बनाउने
सारांश
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको माडी क्षेत्रलाई मणि बनाउने बताएका छन् ।
- आफ्नो निर्वाचन क्षेत्र माडीको ढुकुरबारीमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले माडीमा विकासका प्रशस्तै सम्भावना रहेको बताए ।
- ‘कृषिमा आधुनिकीकरण, राष्ट्रिय निकुञ्ज र प्राकृतिक स्रोतसाधनको सही उपयोग गरेर चितवनलाई तीव्र विकासको गतिमा अघि बढाउन सकिन्छ,’ प्रचण्डले भने, ‘चितवनको समग्र विकास गरेर माडीलाई चितवनकै मणि बनाउने योजना हामी बनाउनेछौँ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको माडी क्षेत्रलाई मणि बनाउने बताएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र माडीको ढुकुरबारीमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार प्रचण्डले माडीमा विकासका प्रशस्तै सम्भावना रहेको बताए ।
‘कृषिमा आधुनिकीकरण, राष्ट्रिय निकुञ्ज र प्राकृतिक स्रोतसाधनको सही उपयोग गरेर चितवनलाई तीव्र विकासको गतिमा अघि बढाउन सकिन्छ,’ प्रचण्डले भने, ‘चितवनको समग्र विकास गरेर माडीलाई चितवनकै मणि बनाउने योजना हामी बनाउनेछौँ ।’
अध्यक्ष प्रचण्डले माडीको विकासका लागि आफूले ठूला योजना बनाएर अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले माडीमा विकासको राम्रो सम्भावना हुँदाहुँदै पनि राज्यको आँखा नपरेका कारण माडी अहिलेसम्म पछि परेको बताए ।
माडीको विकासका लागि रिउ नदी र अन्य ठाडा खोलाहरूलाई नियन्त्रण गर्नुपर्नेमा प्रचण्डले जोड दिए ।
उनले नदी नियन्त्रण गर्न व्यवस्थित तटबन्धन, जंगली हात्तीको आतंक रोक्न फाउन्डेसनसहितको बलियो बार, र माडीका सबै सडक कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रचण्डलाई जिताउन कलाकार टोली
माओवादी अध्यक्ष प्रचण्डलाई जिताउन यति वेला राष्ट्रिय कलाकारहरू काठमाडौंबाट चितवन झरेका छन् ।
लोकगायक बद्री पंगेनी, चर्चित हाँस्य कलाकार मनोज गजुरेल, संगीतकार चेतन सापकोटालगायतका कलाकार निर्वाचनमा प्रचण्डको पक्षमा माहोल बनाउन खटिएका हुन् ।
लोकगायक बद्री पंगेनीले आइतबार र सोमबार माडीका विभिन्न सभामा प्रचण्डकै अगाडि गीत गाउँदै प्रचण्डलाई भोट मागेका छन् ।
पंगेनीले ‘आउँछ, आउँछ प्रचण्ड आउँछ, कालो बादल फाटेर घाम लाउँछ,’ बोलको गीत गाउँदा सहभागीहरू ताली बजाउँदै छमछमी नाचेका थिए ।
चर्चित संगीतकार चेतन सापकोटाले पनि ‘आऊ युवा हो, आऊ साथी हो’ बोलको गीत गाएर माडीवासीलाई नचाएका थिए ।
चर्चित हाँस्य कलाकार मनोज गजुरेलले ‘गजुरियल संवाद’ प्रस्तुत गर्दा माडीवासी पेट मिचीमिची हाँसेका थिए ।
उनले प्रचण्डका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विक्रम पाण्डेलाई आफ्नो हाँस्य प्रस्तुतिबाट तीखो ब्यंग्य गरेका थिए ।
बद्री पंगेनी, चेतन सापकोटा, मनोज गजुरेलसँगै प्रचण्डको चुनाव प्रचारमा केन्द्रीय कलाकारको टोली नै परिचालित भएको छ ।
ओली र प्रचण्डले सम्बोधन गर्ने
मंसिर १७ गते माडीमा वाम गठबन्धनले गर्ने आमसभामा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका छन् ।
मंसिर ५ गते भरतपुरमा भएको सभामा पुत्रशोकमा परेका प्रचण्ड नबोल्दा ओलीले नै प्रचण्डका लागि मत मागिदिएका थिए ।

Babubai Babubali
Madi layi madi hoyen khadi banauna
Khadga Stha
बनाइकोनी यो चुनाव भरलाइ । यत्रो बर्ष कस्को के हेरेर बसे अहिले आएर यो बनाउछु त्यो बनाउछु । त्यतिखेर रगतले नुहाइदिएर गए ।
Niraj Tamang Badal
यो भन्दा अगाडि जितेर काठमाडौं १० ,सिराहा ,रोल्पा लाई चाहिँ के बनायो त?यस्ता हावा कुरामा विस्वास कसरी गर्ने ?बिहान एउटा कुरा, बेलुका अर्को कुरा गर्ने मान्छे प्रचण्ड !नायक बाट खलनायक हुँदै नालायक भएर पतित पात्र हो प्रचण्ड !!
Ajit Sharma
बाँदरमुढे लाई बाँदरकुर्सी बनाउने ?
Bikash Gharti
स्विटजरल्यान्ड सिङ्गापुर बनाइस अब मणि सुन युरेनियम बना महङ्गाे तेहि छ