११ वर्षपछि बच्चन दम्पत्ति सँगै
सारांश
- मुम्बई, ६ साउन ।
- बलिउडका महानायक अमिताभ बच्चनका छोरा बुहारी, अभिशेख बच्चन र ऐश्वर्य राय बच्चन ११ वर्ष पछि सँगै देखिने भएका छन् ।
- सर्वेश मोवाडा निर्देशित फिल्म ‘गुलाब जामुन’ मा बच्चन दम्पत्ति सँगै देखिने भएका हुन् ।
मुम्बई, ६ साउन । बलिउडका महानायक अमिताभ बच्चनका छोरा बुहारी, अभिशेख बच्चन र ऐश्वर्य राय बच्चन ११ वर्ष पछि सँगै देखिने भएका छन् ।
सर्वेश मोवाडा निर्देशित फिल्म ‘गुलाब जामुन’ मा बच्चन दम्पत्ति सँगै देखिने भएका हुन् ।
फिल्म गुलाब जामुनमा बच्चन परिवारका चारै सदस्य, अभिशेख, ऐश्वर्य, जोया र अमिताभ, देखिने हल्ला पनि बाहिर आएको छ । तर अहिले सम्म भने अभिशेख र ऐश्वर्या मात्र पक्का भएका छन् ।
अभिशेख बच्चनको पछिल्लो फिल्म हाउसफुल ३ हो जसमा उनी अक्षय कुमार र रितेश देशमुखसँगै देखिएका थिए । भने ऐश्वर्याले जज्बाबाट पुनरागमन गरेकी थिइन् । त्यसपछिका फिल्ममा पनि उनले आलोचना बाहेक केही पाइनन्, चाहे त्यो सरबजीत होस या ए दिल हे मुश्किल । अभिशेखको ह्याप्पि न्यु इयर तथा हाउसफुल ३ ले राम्रो कमाई गरे पनि उनको भूमिका भने तेस्रो या चौँथो स्थानमा मात्र थियो ।
सरसर्ति हेर्ने हो भने यी दुवैका पछिल्ला सबै फिल्म सम्झन लाएक छैनन् । यस्तोमा उनीहरु साथमा देखिनु दर्शकका लागि राम्रो उपहार हुन सक्छ भने उनीहरुका लागि कमब्याकको राम्रो अवसर ।
प्रतिक्रिया