बेवारिसे गाईको व्यवस्थापन नहुँदासम्म अन्न ग्रहण नगर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
३६ पटक हेरिएको
Shares
बेवारिसे गाईको व्यवस्थापन नहुँदासम्म अन्न ग्रहण नगर्ने

सारांश

  • कञ्चनपुर, २१ माघ ।
  • कञ्चनपुरका स्थानीय बासिन्दाले गाई लगेर सडक र बजार क्षेत्रमा बेवारिसे रुपमा छाडने क्रम बढेपछि जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले अन्न ग्रहण नगर्ने प्रण गरेका छन् ।
  • घरपालुवा गाई सडकमा छाडिएपछि उनले कठोर निर्णय लिएका हुन् ।

कञ्चनपुर, २१ माघ । कञ्चनपुरका स्थानीय बासिन्दाले गाई लगेर सडक र बजार क्षेत्रमा बेवारिसे रुपमा छाडने क्रम बढेपछि जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजले अन्न ग्रहण नगर्ने प्रण गरेका छन् ।

घरपालुवा गाई सडकमा छाडिएपछि उनले कठोर निर्णय लिएका हुन् । उनले सडकमा गाई छाडिएपछि अन्न ग्रहण गर्न छाडेका छन् । देशव्यापी भ्रमण पूरा गरी फर्किएका जगद्तगुरुले गाई छाडेर यातना दिइएकाले त्यसैका लागि अन्न त्यागेको बताए । “सडकमा छाडिएका गाई खानाको अभावमा मर्न थालेका छन्”, उनले भने, “गौ हत्या भएको धर्तीमा अन्न खाँनै सक्दिन ।” जगदगुरु महाराजले भने, “यस कार्यले असाध्यै दुःख लागिरहेको छ ।”

भम्केनीमा नेपाल आमाको ७५ फिट अग्लो मूर्ति बनाउन उनले देशव्यापी भ्रमण गरेका छन् । जगगुरुले गाईलाई घरबाट ल्याएर सडकमा बेवारिसे छाडे अनिष्ट हुने बताए ।

उनले अन्न छाडेपछि स्थानीयवासी पश्चाताप गर्दै छाडा गाई आफूहरुले पाल्ने जिम्मेवारी लिने बताउँदै जगगुरुलाई अन्न खान आग्रह गरेका छन् ।

भीमदत्त नगरपालिकाको तिलाचौर र जिमुवाका महिलाले गाई पाल्ने जिम्मेवारी मागेका छन् । उनीहरुले छाडिएका एक÷एक गाई पाल्ने माग गरेका हुन् ।

जगद्गुरु र भीमदत्तनगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले छाडा गाई व्यवस्थापनसम्बन्धी छलफललाई अगाडि बढाएका छन् । नगरपालिकाले भीनपा–१९ मा अनुसन्धान केन्द्र बनाउने लक्ष्यसहित छाडा गाई–गोरु व्यवस्थापनका लागि भौतिक पूर्वाधार बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।

यसैगरी शुक्लाफाँटा नगरपालिकाले समेत वनहरा नदी छेउको उपयोगविहीन जग्गामा व्यवस्थित गौशाला निर्माणको कार्य अगाडि बढाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?