पर्वतमा शुल्क तिरेर मात्रै पुलमा आवतजावत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १२, २०७४
|
|
३२ पटक हेरिएको
Shares
पर्वतमा शुल्क तिरेर मात्रै पुलमा आवतजावत

सारांश

  • फलेवास, पर्वत, १२ मंसिर   पर्वतमा पर्यटक तान्ने गतिलो साधन नेपालकै अग्ला झोलुङ्गे पुल बन्न थालेका छन् ।
  • विसं २०४५ देखि कुश्मा र ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिए पनि २०६७ सालमा आएर मात्रै त्यो सम्भव भयो ।
  • नेपालकै अग्लो उक्त पुलका कारण पर्यटकको आकर्षण बढ्दै जाँदा अहिले त्योभन्दा अग्ला र लामा पुलसमेत थपिएका छन् ।

फलेवास, पर्वत, १२ मंसिर   पर्वतमा पर्यटक तान्ने गतिलो साधन नेपालकै अग्ला झोलुङ्गे पुल बन्न थालेका छन् ।

विसं २०४५ देखि कुश्मा र ज्ञादी जोड्ने झोलुङ्गे पुलको कल्पना गरिए पनि २०६७ सालमा आएर मात्रै त्यो सम्भव भयो । नेपालकै अग्लो उक्त पुलका कारण पर्यटकको आकर्षण बढ्दै जाँदा अहिले त्योभन्दा अग्ला र लामा पुलसमेत थपिएका छन् ।

पर्वतमा कुश्मा–ज्ञादी झोलुङ्गे पुलसँगै थप अग्ला कुश्मा–कैया र कुश्मा–मुडिकुवा जोड्ने पुल बनेपछि अहिले यहाँ आउने आन्तरिक पर्यटकको संख्या बढ्दै गएको छ । त्यति मात्रै होइन पर्वत आसपासका जिल्लाका बासिन्दाले त बिदा मनाउने स्थलका रुपमा नै झोलुङ्गे पुललाई लिन थालेका छन् ।

अग्ला पुलमा दैनिक अवलोकन र घुम्न आउनेको संख्या बढ्दो छ । बिदाको दिन ती स्थान भरिभराउ रहन्छन् । कुश्मा–ज्ञादी पुल आठ वर्षअघि, कुश्मा–कैया पुल चार वर्ष अघि थतथा कुश्मा–मुडिकुवा पुल गत मंसिरदेखि मात्रै सञ्चालनमा आएको हो । अहिले यी तीनवटै अग्ला पुलको दैनिक पाँच हजारभन्दा बढीले अवलोकन गर्ने गरेका छन् । बिदाको दिनमा सात हजारभन्दा बढीले आवतजावत र अवलोकन गर्ने गरेका छन् ।

यहाँ पुलको अवलोकनसँगै कालीगण्डकी र मोदीखोला, माछापुच्छरे सहितका आकर्षक हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटक पुल अवलोकन गर्न आउने क्रम बढ्दै गएको स्थानीयवासी बताउँछन् । पछिल्लो समय मुस्ताङ गएका अधिकांश पर्यटक कुश्माका अग्ला पुलको अवलोकन गरेर मात्रै फर्किने गरेका पर्यटन व्यवसायी विषमकुमार श्रेष्ठले बताउनुभयो ।

पुल सर्वसाधारणलाई आवतजावत गर्न सहजताका लागि निर्माण भए पनि अवलोकन गर्नका लागि पर्यटक आउँदा सो वरपरको व्यापार व्यवसायसमेत फस्टाएको छ । अहिले तीनवटै पुल वरपर दुई दर्जन बढी होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । पुल निर्माणपछि त्यस क्षेत्रको जग्गा जमिनको मूल्य समेत बढेको श्रेष्ठले बताउनुभयो ।

कुश्मा–ज्ञादी पुल मुलुककै सबैभन्दा अग्लो र लामो झोलुङ्गे पुलका रुपमा चर्चित छ । सो पुल २०६७ सालदेखि सञ्चालनमा आएको हो । कुश्मा–कैयाँ पुल २०७० फागुनदेखि सञ्चालनमा आएको हो । सो झोलुङ्गे पुलका कारण बागलुङ नगरपालिका र कुश्मीशेरा नगरपालिकाका बासिन्दा लाभान्वित भएका छन् । कालीगण्डकी नदीमाथि बनेको ३४७ मिटर लामो र १५६ मिटर उचाइमा रहेको सो पुल रु एक करोड ५६ लाखको लागतमा निर्माण गरिएको हो । कुश्मा–मुडिकुवा पुलले कुश्मालाई फलेवास नगरपालिका, पैञ्यूँ, बिहादी र महाशिला गाउँपालिकासँग जोडेको छ । मोदीखोला माथिव बनेको सो पुलको लम्बाइ ३५९ मिटर र उचाइ १५५.७० मिटर रहेको छ । सो पुल रु एक करोड ७६ लाख ९९ हजारमा निर्माण भएको हो ।

यस्तै केबुलकार मोडेलको कुश्मा–बलेवा यान्त्रिक पुल २०६९ सालदेखि सञ्चालनमा आएको हो । पर्वत उद्योग वाणिज्य संघको पहलमा निजी क्षेत्रको लगानीमा निर्माण भएको सो पुलमा शुल्क तिरेर मात्रै आवतजावत गर्न सकिन्छ ।

झण्डै रु पाँच करोडको लगानीमा निर्माण भएको सो पुलमा दैनिक ५०० भन्दा बढीले आवतजावत तथा अवलोकन गर्ने गरेका छन् । कालीगण्डकी नदीमाथि बनेको उक्त पुलले एक घण्टाको दूरीलाई पाँच मिनेटमा झारेको छ । सो पुल २६२ मिटर उचाइमा बनेको छ ।

यी पुलमा नियमितरुपमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि विभिन्न संरचना निर्माण गर्न आवश्यक रहेको पर्यटन व्यवसायी श्रेष्ठको भनाइ छ । मुडिकुवा–कुश्मा पुलका कारण अहिले फलेवास क्षेत्रमा उत्पादन भएको दूध, तरकारी, फलफूललाई बजारसम्म पु¥यउन सहज भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला बलात्कार/हत्या प्रकरण झनै रहस्यमयः फेरि बन्यो अर्को छानविन समिति
निर्मला बलात्कार/हत्या प्रकरण झनै रहस्यमयः फेरि बन्यो अर्को छानविन समिति
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
आजको राशीफल
आजको राशीफल
नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार तय !हेर्नुहोस को कहाँ बाट लड्दै छन   (सूचीसहित)
नेकपा (माओवादी केन्द्र) का सबै उम्मेदवार तय !हेर्नुहोस को कहाँ बाट लड्दै छन (सूचीसहित)
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
मन्त्री बास्कोटाकाे संचारकर्मीलाई प्रश्न – ‘सरकारले जे गर्छ, त्यो चाँही सबै नक्कली हो ? सक्कली को हो देखाइदिनुपर्‍यो नि ?’-
बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्ने नेपालीले गरे सहयोग
बुद्धिमान र हरिकाजीलाई जर्मनी बस्ने नेपालीले गरे सहयोग
पश्चिम सेतीमा चाइनाको चासो बढ्यो
पश्चिम सेतीमा चाइनाको चासो बढ्यो
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु
सिन्धुपाल्चोकमा बस दुर्घटना, १३ जनाको मृत्यु
अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाउँदै छौँ :उपप्रधानमन्त्री पोखरेल
अभ्यास र आवश्यकताबीचको अन्तरविरोधलाई पन्छाउँदै छौँ :उपप्रधानमन्त्री पोखरेल
पौडेल लचक बने, देउबासँग निर्णायक वार्ता हुने
पौडेल लचक बने, देउबासँग निर्णायक वार्ता हुने

तपाईंले छुटाउनुभयो कि?