पौडेल पक्षमा पहिरो: देउवालाइ शशांकको साथ, पौडेलको पुर्पुरोमा हात !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २३, २०७५
|
|
२७ पटक हेरिएको
Shares
पौडेल पक्षमा पहिरो: देउवालाइ शशांकको साथ, पौडेलको पुर्पुरोमा हात !

सारांश

  • काठमाडौं, २३ वैशाख  ।
  • सिंगो कांग्रेसीलाई आश्चर्यमा पार्दै कांग्रेसमा पौडेल पक्षका भनेर चिनिएका प्रभावशाली नेताले गुट फेरेका छन् ।
  • १३ औं महाधिवेशनमा पौडेल पक्षबाट प्रष्ट रुपमा प्यानलगत उम्मेदवारी दिएर महामन्त्रीमा जितेका डा शशांक कोइरालादेखि केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, डा नारायण खड्का, गुरुराज घिमिरे, चिनकाजी श्रेष्ठ र गोविन्द भट्टराईले आफूहरु संस्थापन पक्षतिर ढल्किएको प्रष्ट पारेका छन् ।

काठमाडौं, २३ वैशाख  । सिंगो कांग्रेसीलाई आश्चर्यमा पार्दै कांग्रेसमा पौडेल पक्षका भनेर चिनिएका प्रभावशाली नेताले गुट फेरेका छन् ।

१३ औं महाधिवेशनमा पौडेल पक्षबाट प्रष्ट रुपमा प्यानलगत उम्मेदवारी दिएर महामन्त्रीमा जितेका डा शशांक कोइरालादेखि केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, डा नारायण खड्का, गुरुराज घिमिरे, चिनकाजी श्रेष्ठ र गोविन्द भट्टराईले आफूहरु संस्थापन पक्षतिर ढल्किएको प्रष्ट पारेका छन् । पदाधिकारी चयनमा विधान मिचिएको भन्दै पौडेल पक्षले शुक्रबार प्रक्रियालाई नै बहिष्कार गरे ।

तर, महामन्त्री शशांकदेखि उपाध्याय, श्रेष्ठ, खड्का, घिमिरे र भट्टराईले आफूहरु पुरानो गुटमा नभएको सन्देश दिएका हुन् । यीमध्ये शशांकका साथै नेता उपाध्याय कोइराला परिवारका असाध्यै निकट मानिन्छन् । १३औँ महाधिवेशनबाट निर्वाचित ६४ केन्द्रीय सदस्यमध्ये देउवापक्षबाट ३६ जना विजयी भएका थिए । यसमध्ये खुमबहादुर खड्काको मृत्यु भइसकेको छ । अर्का नेताद्धय केवी गुरुङ चन्द्र भण्डारीले देउवा गुट छोड्दा ३३ जनामा संस्थापन सीमित भएको थियो । तर, महामन्त्रीसहित ६ जनाले देउवालाई समर्थन गर्दा उनको पक्षमा ३८ निर्वाचित केन्द्रीय सदस्य पुगेका छन् ।

डा मिनेन्द्र रिजाल पनि केही समययता देउवातिरै ढल्किएका छन् । शुक्रबार धनगढीमा भएका कारण उनी केन्द्रीय कार्यालयमा भएको पदाधिकारी मनोनयमा उपस्थित भएनन् । अर्का देउवा पक्षीय नेता देवेन्द्रराज कँडेल भारतमा छन् । यी दुईको समर्थन रहेकोले देउवालाई निर्वाचितमध्ये ४० जनाको सहयोग रहेको देखिन्छ । तर, शुक्रबार उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुुर खड्का र सहमहामन्त्रीमा डा प्रकाशशरण महत चयन हुँदा ३७ जनाले मात्र हस्ताक्षर गरेका थिए । गुरु घिमिरेले हस्ताक्षर नगरे पनि नैतिक समर्थन दिएका छन् ।

प्रभावशाली नेताले पौडेल गुटलाई छोडेपछि अब १४ औं महाधिवेशनको समीकरण कस्तो हुन्छ भन्ने विषय थप रोचक बन्ने देखिएको छ । सभापति देउवा जिल्ला सभापति, केन्द्रीय समिति, संसदीय दल, भ्रातृ संस्था सबैमा प्रभावशाली देखिएका छन् । टेरेनन् शशांकले पौडेल पक्षले महामन्त्री शशांकलाई बहुमतीय प्रक्रियाबाट गरिने पदाधिकारी मनोनयनलाई बहिष्कार गर्न आग्रह गरे पनि उनले निर्णय प्रक्रियामा हस्ताक्षर गरेका हुन्  समाचार दैनिकमा खवर छ। उनले नमानेपछि पौडेल पक्षबाट केन्द्रीय सदस्य प्रकाशमान सिंहले आफ्नो पक्षको असन्तुष्टि राखेर प्रक्रियालाई बहिष्कार गरेका थिए । महाधिवेशन भएको दुई महिनाभित्र पदाधिकारी चयनको प्रस्ताव गर्नुपर्ने विषय विधानमा उल्लेख भएको तर दुई वर्षपछि बल्ल प्रस्ताव आएको भन्दै उनीहरु असन्तुष्ट भएका हुन् । विधानको यो व्यवस्थालाई केन्द्रीय समितिको पूर्ण बैठकले बाधा अड्काउको माध्यमबाट फुकाएपछिमात्र पदाधिकारी चयनको बाटो विधिसम्मत खुल्ने भन्दै बहिष्कार गरेका हुन् ।

तर, सभापतिले देउवाले निर्वाचितको बहुमतबाट आफू निर्वाचित भएको दुई वर्ष दुई महिनापछि गरिदिए । देउवा पक्षका प्रायः सबै निर्वाचित केन्द्रीय सदस्य शुक्रबारको बैठकमा उपस्थित भए पनि पौडेल पक्षका थोरै मात्र सदस्य सानेपास्थित कार्यालय पुगेका थिए । पौडेल पक्षमा अझै पहिरो जान्छ गुट फेर्ने नेता मध्यका एक नेताले  भने, ‘बल्ल पदाधिकारी चयन हुन लागेको छ, त्यो पनि रोक्नुपर्छ भन्ने पौडेलको अडान पार्टी सिध्याउने मनसायबाट आयो । त्यसैले हामीले उनलाई साथ दिन सकिएन ।’ आफुहरु नेता पौडेल भन्दापनि दिवंगत नेता शुशील कोईरालाको पक्षको भएको ती नेताले बताए । पौडेलले केही गर्छन् कि भनेर उनको पक्षमा केही समय लागेको बताउदै गुट फेरेका ती नेताले भने, ‘पौडेलको पारा देखिएन, यस्तै हो भने यूवा नेता धनराज गुरुङ लगायतको ठुलो टिम देउवा पक्षमा प्रवेश गर्छ, पौडेल पक्षमा पहिरो जान्छ ।’

(Tapentadol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुप्सेकोट गाउँपालिका ६ मा काँग्रेसको प्यानल विजयी
हुप्सेकोट गाउँपालिका ६ मा काँग्रेसको प्यानल विजयी
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह
एसीसी यू-१९ एसिया कप छनौटका लागि नेपाली टोलीको घोषणा : कप्तान दिपेन्द्रसिंह
रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति
रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति
महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट
महानगरले भत्कायो पुरानो बसपार्कमा रहेको प्रहरी बिट
अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन शुरु
अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन शुरु
मध्यपहाडी लोकमार्ग पोखरा-बागलुङ सडक साढे ६ घण्टा बन्द हुने
काठमाडौंको मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते, चारको अवस्था गम्भीर ।
काठमाडौंको मैतीदेवीमा बस दुर्घटना हुँदा १७ जना घाइते, चारको अवस्था गम्भीर ।
आठ राष्ट्रका नागरिकलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध !हेर्नुहोस कुन कुन परे लिस्ट्मा
आठ राष्ट्रका नागरिकलाई अमेरिका भ्रमण गर्न प्रतिबन्ध !हेर्नुहोस कुन कुन परे लिस्ट्मा
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
आफुलाई अयोग्य भन्नेलाई अमेरिकी राष्ट्रपतिले के भने ?
आफुलाई अयोग्य भन्नेलाई अमेरिकी राष्ट्रपतिले के भने ?

तपाईंले छुटाउनुभयो कि?