पौडेल लचक बने, देउबासँग निर्णायक वार्ता हुने

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ८, २०७६
|
|
६० पटक हेरिएको
Shares
पौडेल लचक बने, देउबासँग निर्णायक वार्ता हुने

सारांश

  • नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल लचिलो बनेका छन् ।
  • उनले देउवासँग मिलेर जाने नीति बनाएका छन् ।
  • देउवाले पनि पौडेलको माग सम्बोधन गर्न लचकता अपनाएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग असन्तुष्ट बनेका वरिष्ठ नेता रामचन्द्र पौडेल लचिलो बनेका छन् । उनले देउवासँग मिलेर जाने नीति बनाएका छन् । देउवाले पनि पौडेलको माग सम्बोधन गर्न लचकता अपनाएका छन् ।

कार्यतालिकासहित ७ फागुनका लागि महाधिवेशन तोकेको र पार्टीको विभागहरु बढाएपछि केन्द्रीय समिति बैठक नै बहिष्कार गरेका पौडेल सहित उनको समूह लचिलो भएको छ । पौडेल समूहलाई देउवाले आज अपरान्ह बुढानिलकण्ठमा छलफलका लागि बोलाएका छन् । देउवाले बोलाएपछि एजेन्डा तयार गर्न पौडेल समूहको बैठक बसेको छ ।

पौडेल निवास बोहराटारमा महामन्त्री डा.सशांक कोइराला, प्रभावशाली नेताहरु प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुननरसिंह केसीलगायत सहभागी थिए । बैठकले महाधिवेशनको कार्यतालिका फेरबदल गर्नुपर्ने शर्त तयार राखेको बुझिएको छ । यसैमा सहमति गर्ने गरी प्रस्ताव राखिने बैठकमा सहभागी एक नेताले बताए ।

काँग्रेस वरिष्ठ नेता पौडेल दिल्लीमा महत्वपूर्ण भेटघाट गरेर फर्किएपछि केही लचिलो भएका छन् । उनले स्वास्थ्यजाँचका लागि दिल्ली पुगेको भनेपनि राजनीतिक भेटघाट समेत गरेका छन् । पौडेल आगामी महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । उनको समूहमा डा.सशांक कोइराला, प्रकाशमान सिंहलगायतका नेताहरु पनि दाबेदार छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित
काँग्रेसको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनित
वाइडबडी प्रकरणमा कांग्रेस सभापति देउवा किन मुछिए ?
वाइडबडी प्रकरणमा कांग्रेस सभापति देउवा किन मुछिए ?
लुम्बिनीमा सडक खाना महोत्सव
लुम्बिनीमा सडक खाना महोत्सव
मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”
मतदातालाई धन्यवाद दिदै गगन थापाले भने, “कांग्रेसका लागि ठूलो दुर्घटना,अब कांग्रेस यसरी चल्दैन”
चितवन क्षेत्र नं ३ : काँग्रेस फकाउँदै दाहाल, एमाले फकाउँदै पाण्डे
चितवन क्षेत्र नं ३ : काँग्रेस फकाउँदै दाहाल, एमाले फकाउँदै पाण्डे
लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गरिँदै
लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गरिँदै
एसियाकै ठूलो झुपडीबस्तीमा कोरोना भाइरस भेटिनु ’जंगलको आगो सरह’
एसियाकै ठूलो झुपडीबस्तीमा कोरोना भाइरस भेटिनु ’जंगलको आगो सरह’
कतै असिनापानी, कतै हावा मात्रै किन ?
कतै असिनापानी, कतै हावा मात्रै किन ?
राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसंघको महासभामा सहभागिताबारे जानकारी
राष्ट्रपतिलाई प्रधानमन्त्रीबाट राष्ट्रसंघको महासभामा सहभागिताबारे जानकारी
उत्तर कोरियाले दियो जापान ‘डुबाइदिने’ र अमेरिका ‘खरानी’ बनाइदिने धम्की
उत्तर कोरियाले दियो जापान ‘डुबाइदिने’ र अमेरिका ‘खरानी’ बनाइदिने धम्की