निर्वाचनका प्रचारप्रसार सामग्री हटाउन निर्देशन
सारांश
- काठमाडौँ, १४ मंसिर निर्वाचन आयुक्त सुधीरकुमार शाहले यही मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा आज ललितपुर जिल्लाको आकस्मिक अनुगमन गर्नुभएको छ ।
- अनुगमनका क्रममा उहाँले ललितपुरको समग्र सुरक्षा अवस्था, निर्वाचनको तयारी, कर्मचारी खटनपटन, निर्वाचन व्यवस्थापन, अनुगमन, आचारसंहिताको पालनालगायतबारेमा जानकारी लिनुभएको थियो ।
- सो अवसरमा आयुक्त शाहलाई ललितपुर जिल्ला प्रशासन कार्यालयमा मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडी, प्रजिअ महादेव पन्त, प्रहरी वरिष्ठ उपरीक्षक गणेशबहादु्र ऐर, प्रमुख सेनानी सुरज गुरुङ, सशस्त्र प्रहरी उपरीक्षक श्यामकाजी कुवर, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक, क्षेत्र नं २ का निर्वाचन अधिकृत विनोद भट्टराई, क्षेत्र नं ३ का सुरेश खनाल, केन्द्रीय प्रमुख अनुगमनकर्ता राधिका अर्याललगायतले जिल्लाको निर्वाचनको समग्र तयारी र शान्तिसुरक्षाको अवस्थामा जानकारी गराउनुभएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया