प्रदेशको सुरक्षा व्यवस्था मजबुत:डिआईजी रिजाल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
२० पटक हेरिएको
Shares
प्रदेशको सुरक्षा व्यवस्था मजबुत:डिआईजी रिजाल

सारांश

  • बिराटनगर,साउन २९ ।
  • विप्लव माओबादीले आहवान गरेको बन्दले प्रदेश १ मा खासै प्रभाव नपरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
  • बन्दलाई लक्षित गरी झापाको गौरादहमा नक्कली बम पड्काएको र दमकबाट पर्चा बांड्दै हिडेका दुइ युवालाइ पक्राउ गरेको बाहेक अहिलेसम्म प्रदेश १ को अवस्था सामान्य रहेको १ नंम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका डिआईजी केदार रिजालले जानकारी दिए ।

बिराटनगर,साउन २९ । विप्लव माओबादीले आहवान गरेको बन्दले प्रदेश १ मा खासै प्रभाव नपरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बन्दलाई लक्षित गरी झापाको गौरादहमा नक्कली बम पड्काएको र दमकबाट पर्चा बांड्दै हिडेका दुइ युवालाइ पक्राउ गरेको बाहेक अहिलेसम्म प्रदेश १ को अवस्था सामान्य रहेको १ नंम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका डिआईजी केदार रिजालले जानकारी दिए ।लामो दुरीका सबारी साधन छिटफुट रुपमा संञ्चालन आएको छ भने साना सबारी साधन निर्बाध रुपमा संञ्चालन भइरहेको रिजालले बताए । साथै उघोग कलकारखाना तथा केही जिल्लाहरुका शैक्षिक संस्था समेत संञ्चालन भइरहेको जानकारी दिए ।पहाडी भेगमा भने सामान्य रुपमा दिउसो देखि सबारी साधन संञ्चालनमा आएको उनले बताए । ‘बन्दको प्रभाव खासै देखिदैन’ डिआईजी रिजाल भन्छन् ‘प्रहरीले आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाएको छ’ ।

बन्दलाई सफल बनाउन १  नम्बर प्रदेश बाहेक अरु स्थानमा बम फेला परेपनि प्रदेशको सुरक्षामा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको कारण अहिलेसम्म शंकाष्पद बस्तु फेला नपरेको उनले बताए । सबै जिल्ला प्रहरी कार्यालय र त्यसका मातहतका प्रहरी कार्यालयमा सादा पोसाकका प्रहरी परिचालन गरेका छौ’ ‘ति सादा पोसाकका प्रहरीका साथमा हतियार समेत दिएर परिचालन गरेका छौ’।राजमार्ग र बजारलाई केन्द्रित सुरक्षा लाई  ध्यानमा राखेर प्रदेश का सबै ठाँउमा सादा पोसाकका प्रहरी परिचालन गरेका उनले वताए।

डिआईजी रिजालले प्रदेशको सुरक्षा व्यवस्था मजबुत भएकाले ढुक्क रहन सर्वसाधारणलाई आग्रह समेत  गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ
होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै
होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै
राष्ट्रिय एकतामाथि निर्मम प्रहार भइरहेको छ– पूर्वराजा शाह
राष्ट्रिय एकतामाथि निर्मम प्रहार भइरहेको छ– पूर्वराजा शाह
पक्राउ परेका यातायात व्यवसायीलाई ६ महिना थुन्न सक्ने!
पक्राउ परेका यातायात व्यवसायीलाई ६ महिना थुन्न सक्ने!
अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी हुने : राष्ट्रपति ट्रम्प
अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी हुने : राष्ट्रपति ट्रम्प
पाइलटले त्यही जहाज सोमबार क्यानडाबाट बंगलादेश ल्याएका थिए, दुर्घटनाले उब्जाएका सात प्रश्न
इंग्ल्याण्डको ऐतिहासिक एक हजारौं खेलमा शानदार जित, ह्यारी केनको ह्याट्रिक
इंग्ल्याण्डको ऐतिहासिक एक हजारौं खेलमा शानदार जित, ह्यारी केनको ह्याट्रिक
आँखामा गाडिएको हँसिया यसरी निकालियो
आँखामा गाडिएको हँसिया यसरी निकालियो
मन्त्री पोखरेलको काँग्रेसलाई सुझाव ‘डा. केसीको नाममा राजनीति नगरौ’
जाम (लघु-कथा)
जाम (लघु-कथा)

तपाईंले छुटाउनुभयो कि?