यसकारण सलमान खानले जन्मदिन नमनाउँने

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ८, २०७७
|
|
२५ पटक हेरिएको
Shares
यसकारण सलमान खानले जन्मदिन नमनाउँने

सारांश

  • एजेन्सी, ८ मंसिर ।
  • केहीदिन अगाडी बलिउड कलाकार सलमान खानको निजी चालक र एक कर्मचारीलाई कोरोना संक्रमण पुृष्टि भएको थियो ।
  • त्यसपछि सलमान खान पनि होम आइसोलेशनमा बसेका थिए ।

एजेन्सी, ८ मंसिर । केहीदिन अगाडी बलिउड कलाकार सलमान खानको निजी चालक र एक कर्मचारीलाई कोरोना संक्रमण पुृष्टि भएको थियो । त्यसपछि सलमान खान पनि होम आइसोलेशनमा बसेका थिए । हाल भने सलमानको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

सलमानले २७ डिसेम्बरमा आउँदै गरेको आफ्नो जन्मदिनका सबै कार्यक्रम रद्द गरेका छन् । आफ्नै फार्महाउसमा मनाउने भनिएको जन्मदिन कोरोनाको रिपोर्ट नेगेटिभ आएपनि जोखिम उठाउँन नचाहेकाले रद्द गरेको जनाइएको छ ।

स्टाफहरुको रिपोर्ट पोजेटिभ आएपछि सलमानका सबै परिवारलाई परिक्षण गर्न बोलाइएको थियो तर परिक्षण पछि सबैको रिपोर्ट नेगेटिभ आएको छ । यद्यपि उनको परिवारमा हुने सबै कार्यक्रम रद्द भएका हुन् र उनको जन्मदिन पनि यसबीचमा परेको छ ।

सधै सलमानले आफ्नो परिवारका सदस्य, नजिकका साथीको साथमा फार्महाउसमा जन्मदिन मनाउँदै आएका थिए । तर यसपटक भने जन्मदिन रद्द गरेका हुन् । सलमानका बुवा आमाको विवाहउत्सव पनि २० नोभेम्बरमा परिवारमा भित्र मात्रै मनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?