आगो ताप्ने क्रममा जलेर तीन बालबालिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
आगो ताप्ने क्रममा जलेर तीन बालबालिकाको मृत्यु

सारांश

  • काठमाडौं २५ पुस ।
  • बागलुङ जिल्लाको पश्चिम ताराखोला गाउँपालिका-४ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ।
  • ताराखोला गाउँपालिका ४ मा आगो ताप्ने क्रममा मंगलबार यामबहादुर खत्रीको दुई तले खरको गोठमा आगलागी भएको थियो।

काठमाडौं २५ पुस । बागलुङ जिल्लाको पश्चिम ताराखोला गाउँपालिका-४ मा आगलागीमा परी तीन बालबालिकाको मृत्यु भएको छ।
ताराखोला गाउँपालिका ४ मा आगो ताप्ने क्रममा मंगलबार यामबहादुर खत्रीको दुई तले खरको गोठमा आगलागी भएको थियो।

आगलागीमा स्थानीय रूद्रबहादुर रोकाका ६ वर्षीय छोरा रतिश रोका, डिलबहादुर घर्तीको ६ वर्षीय छोरी ऋतु रोका र ४ वर्षीय छोरा आयुष रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

साँझपख लागेको आगो इलाका प्रहरी कार्यालय ताराखोलाबाट गएको प्रहरी टोली र स्थानीय बासिन्दाको सक्रियतामा झण्डै तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?