एसपी र डिएसपी विरूद्ध कर्तब्य ज्यान र संगठित अपराध मुद्दा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
एसपी र डिएसपी विरूद्ध कर्तब्य ज्यान र संगठित अपराध मुद्दा !

सारांश

  • काठमाडाै, १३ वैशाख ।
  • सुन तस्करी गिरोहका माफिया चुडामणि उप्रेती (गोरे) का अपराधिक गतिविधमा प्रत्यक्ष संलग्न रहँदै आएका नेपाल प्रहरीका एसपी विकासराज खनालविरूद्ध मोरङ प्रहरीले कर्तब्य ज्यान तथा संगठित अपराध निवारण ऐनअनुसार म्याद थप गरेको छ।
  • मोरङ जिल्ला अदालतले बिहीबार एसपी खनाललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

काठमाडाै, १३ वैशाख । सुन तस्करी गिरोहका माफिया चुडामणि उप्रेती (गोरे) का अपराधिक गतिविधमा प्रत्यक्ष संलग्न रहँदै आएका नेपाल प्रहरीका एसपी विकासराज खनालविरूद्ध मोरङ प्रहरीले कर्तब्य ज्यान तथा संगठित अपराध निवारण ऐनअनुसार म्याद थप गरेको छ।

मोरङ जिल्ला अदालतले बिहीबार एसपी खनाललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

सरकारले सुन तस्करीको संगठित अपराध अनुसन्धानका लागि गृह सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित छानवीन समितिले बुधबार नियन्त्रणमा लिएका एसपी खनालबिरुद्ध बिहीबार मोरङ जिल्ला अदालतबाट अनुसन्धान म्याद थप भएको हो। काठमाडौंमा पक्राउ गरी उनलाइ प्रहरीले मोरङ पठाएको थियो।

मकवानपुर प्रहरी प्रमुख रहेका उनी मंगलबार अनुसन्धान समितिमा हाजिर भएका थिए। समितिले मंगलबारै करिब ६ घण्टाभन्दा बढी बयान लिएपछि पक्राउ गरेको थियो।

यसैगरी बिहीबार समितिको सम्पर्कमा आएका डिएसपी सञ्जयबहादुर राउतलाई ६ दिनको अनुसन्धान म्याद दिएको अदालतका श्रेष्तेदार नवराज दुलालले नेपालखबरलाई बताए। यस्तै सई बालकृष्ण सञ्जेललाई समेत थुनामा राखेर अनुसन्धान गर्न ७ दिनको म्याद अदालतले दिएको छ।

मोरङ प्रहरीले तीनै जनाविरूद्ध कर्तब्य ज्यान तथा संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाएको हो। समिति स्रोतका अनुसार गोरेको डायरीमा ‘एसपी खनाल’ भनेर उनलाई बुझाएको रकमको फेहरिस्त उल्लेख छ। यस्तै उनी बारम्बार गोरेसँग सम्पर्कमा रहेको कल डिटेल्सबाट खुलेको छ। गत वर्ष पुसमा केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको साढे ३३ किलो सुनकाण्डमा समेत विकास खनालको नाम मुछिएको थियो। त्यतिबेला पैसाको भरमा शक्ति केन्द्र रिझाएर उम्किन सफल उनी यस पटक प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बनेको समितिबाट पक्राउ परेका हुन्।

डेढ वर्ष अगाडि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मानव तस्करीसम्बन्धी मुद्दा अनुसन्धान गर्दै जाँदा विमानस्थल प्रहरी प्रमुख रहेका उनै खनालसम्म जालो पुगेको भेटेको थियो। सिआइबीले ुयथेष्ट प्रमाण अभावु रहेको भन्दै मुद्दा अघि नबढाउँदा उनी बच्न सफल भएका थिए।

प्रहरी स्रोतअनुसार डिएसपीका रुपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्ज प्रमुख रहँदा उनले गुण्डा नाइके चक्रे मिलन समूहका सहयोगी थिए। निम्न(मध्यम वर्गीय परिवारका उनको आर्थिक हैसियत डिएसपी रहँदैदेखि अप्राकृतिक ढंगले वृद्धि भएको ब्याची प्रहरी अधिकारीहरू बताउँछन्।

समिति स्रोतअनुसार गत फागुन १८ गते उर्लाबारीका सनम शाक्यको शब बरामद हुनु केही दिन अघि उनी र गोरेबीच टेलिफोन सम्वाद भएको प्रमाण फेला परेको छ। प्रहरीभित्र बाठा अधिकारीका रुपमा एसपी खनालले आफूलाई वर्तमान महानिरीक्षक सर्वेन्द्र खनाल निकट बताउँदै आएका थिए। सर्वेन्द्र खनाल प्रहरी प्रमुख नियुक्त भएसँगै महानिरीक्षक सचिवालयमा आउन प्रयास गरिरहेका बेला उनी सुनकाण्डको छानवीनमा तानिएका हुन्।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Om Sagar Shrestha

    Gatilo imandar manchhe nai chainan ki kya ho Nepal Police force ma???

    Comment Author

    Indira Adhikari

    Prahari ko badnam ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?