निर्वाचन सकिएको चार दिनपछि बुथ कब्जा गरेकाे उजुरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
२० पटक हेरिएको
Shares
निर्वाचन सकिएको चार दिनपछि बुथ कब्जा गरेकाे उजुरी

सारांश

  • बागलुङ,१४ मंसिर नेपाली कांग्रेस बागलुङले जिल्लाका तीन मतदान स्थलमा बुथ कब्जा भएको भन्दै उजुरी दर्ता गरेको छ।
  • वाम गठबन्धनले बुथ कब्जा गरी धाँधली गरेको आरोप लगाउँदै कांग्रेसले मंसिर १० गतेको निर्वाचन सकिएको चार दिनपछि बिहीबार उजुरी दर्ता गराएको हो।
  • जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबास्कोट, जैमिनी नगरपालिकाको पैयुथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा एकलौटी मतदान गरेको भन्दै कांग्रेस जिल्ला सभापति तथा क्षेत्र नम्बर १ (क) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश २ का उम्मेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ।

बागलुङ,१४ मंसिर नेपाली कांग्रेस बागलुङले जिल्लाका तीन मतदान स्थलमा बुथ कब्जा भएको भन्दै उजुरी दर्ता गरेको छ। वाम गठबन्धनले बुथ कब्जा गरी धाँधली गरेको आरोप लगाउँदै कांग्रेसले मंसिर १० गतेको निर्वाचन सकिएको चार दिनपछि बिहीबार उजुरी दर्ता गराएको हो।

जिल्लाको बरेङ गाउँपालिकाको धुल्लुबास्कोट, जैमिनी नगरपालिकाको पैयुथन्थाप र बागलुङ नगरपालिकाको भकुण्डेमा एकलौटी मतदान गरेको भन्दै कांग्रेस जिल्ला सभापति तथा क्षेत्र नम्बर १ (क) का उम्मेदवार दीपेन्द्रबहादुर थापा र प्रदेश २ का उम्मेदवार प्रकाश शर्मा पौडेलले उजुरी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङले जनाएको छ।

वाम गठबन्धनका स्थानीय नेता कार्यकर्ताले आफ्ना एजेन्टलाई धम्की दिएर धाँधली गरेकोले पुनः निर्वाचन गराउन उजुरीमा माग गरिएको छ। उम्मेदवार थापाले भकुण्डे र शर्माले अन्य दुई स्थानमा बुथ कब्जा भएको दावी गरेका छन्।

कांग्रेसका एजेन्टलाई हातपात गरेको, एकलौटी रुपमा कब्जा गरेर मतदान गरेको आरोप लगाएर निवेदन आएको मुख्य निर्वाचन अधिृकत प्रकाश प्रसाद पण्डितले बताए। ‘उजुरीका विषयमा निर्वाचन आयोगमा जानकारी गराइसकिएको छ,’ मुख्य निर्वाचन अधिकृत पण्डितले भने, ‘मतदान अधिकृतहरुको प्रतिवेदन र उजुरीलाई एकमुष्ठ आयोगमा पठाउने तयारी छ।’

एमाले जिल्ला सचिव लालबहादुर थापाले निर्वाचन सम्पन्न भएको चार दिनपछि उजुरी पर्नु नियोजित भएको प्रतिक्रिया दिए। ‘यो हार मानसिकताको उपज हो,’ उनले भने, ‘जनताले जाहेर गरेको अभिमत माथि यसरी खेलवाड गर्नु दुखद हो, यसमा निर्वाचन आयोग पनि स्पष्ट हुन जरुरी छ।’

बागलुङमा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठवन्धन बनाएर चुनावी मैदानमा छन् भने कांग्रेस, राप्रपाको समर्थनसहित प्रतिस्पर्धामा छ।

प्रतिनिधि सभा १ मा कांग्रेसका तर्फबाट सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्का र वाम गठबन्धनबाट एमालेका सूर्य पाठक प्रतिस्पर्धामा छन् भने यस क्षेत्रको प्रदेश १ मा कांग्रेसका दीपेन्द्र थापा र गठबन्धनका तर्फबाट एमालेकै इन्द्रलाल सापकोटा मैदानमा छन्। प्रदेश २ मा कांग्रेसका प्रकाश पौडेल र वाम गठवन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाका कृष्ण थापा चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Gss Sherpa

    Asto kura sunera laj po lagyo

    Comment Author

    सीता त्रिपाठी

    बामका कार्यकर्ता खाजानास्त खाएर बलिया भएका थिए कस्सो नेताहरू र बुथ एजेंट संकुसल भए छन!

    Comment Author

    Kal Bahadur

    कस्तो निन्द्रा लागेछ चार दिन पछि बिउतिने चुनाव सकिए पछि रक्सी खाए होलान आनि चार दिन पछि रक्सिले छोडेर बुथ कब्जा भयो भनेका होलान हार्ने भएर बाहाना गरेको कांग्रेसले

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?