एमालेले भन्यो, ‘सुशीला योग्य, निडर र क्षमतावान प्रधानन्यायाधीश’ !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०७४
|
|
१३८१ पटक हेरिएको
Shares
एमालेले भन्यो, ‘सुशीला योग्य, निडर र क्षमतावान प्रधानन्यायाधीश’  !

सारांश

  • वैशाख १७, २०७४- एमालेले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका नेताहरु भ्रष्टाचारबाट उम्कन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग ल्याएको आरोप लगाएको छ ।
  • एमाले सचिव योगेश भट्टराईले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको भर्त्सना गर्दै सत्तारुढ पार्टीले संसदको अधिकारलाई दुरुपयोग गरेको बताए ।
  • ‘नाङ्लो ठटाएर हात्ती तर्साउने प्रयास भएको छ,’ उनले भने, ‘एमालेले त्यसविरुद्ध डटेर सामना गर्छ ।

वैशाख १७, २०७४- एमालेले सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका नेताहरु भ्रष्टाचारबाट उम्कन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग ल्याएको आरोप लगाएको छ ।

एमाले सचिव योगेश भट्टराईले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको भर्त्सना गर्दै सत्तारुढ पार्टीले संसदको अधिकारलाई दुरुपयोग गरेको बताए । ‘नाङ्लो ठटाएर हात्ती तर्साउने प्रयास भएको छ,’ उनले भने, ‘एमालेले त्यसविरुद्ध डटेर सामना गर्छ ।’

भट्टराईले कार्की योग्य, निडर र क्षमतावान रहेको बताउँदै सरकारले आम नेपाली महिलामाथि नै अपमान गरेको बताए । निर्वाचन आयोग, न्यायालयलगायत संवैधानिक निकायमा एकपछि अर्को हस्तक्षेप गर्दै सरकारले अलोकतान्त्रिक र अधिनायकवादी शासनको पूर्वअभ्यास गरेको उनले आरोप लगाए ।

एमाले नेता एवं पूर्वकानुन मन्त्री अग्नि खरेलले कार्कीविरुद्धको महाअभियोग दुर्भाग्यपूर्ण तथा मुलुकलाई अस्थिरता र अराजकतातर्फ लैजाने प्रयास भएको टिप्पणी गरे । ‘राज्य संयन्त्रलाई बिफल पार्ने प्रयास हो,’ उनले भने, ‘अदालतमा आईजीपी प्रकरणको मुद्धा चलिरहेको छ, त्यही मुद्धा हेरिरहेको प्रधानन्यायाधीशविरुद्ध आबेश, उत्तेजना र मनोगन आधारमा महाअभियोग ल्याइएको छ । चुनावको मुद्धालाई डाइभर्ट गर्न र चुनाव रोक्ने अभिप्रयाले ल्याइको हो ।’

एमाले प्रमुख सचेतक भानुभक्त ढकालले प्रधानन्यायाधीशविरुद्ध लगाइएको महाअभियोग शुभसंकेत नभएको बताए । उनले विधि र प्रक्रियाका आधारमा पनि सरकारले उपयुक्त कदम नचालेको टिप्पणी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?