एमालेको काठमाडौं-५ मा पाँच किलोमिटर पदयात्रा
सारांश
- काठमाडौं ।
- नेकपा (एमाले) काठमाडौं निर्वाचन क्षेत्र नं.
- ५ मा शनिबार वृहत पदयात्रा सम्पन्न भएको छ ।
काठमाडौं । नेकपा (एमाले) काठमाडौं निर्वाचन क्षेत्र नं. ५ मा शनिबार वृहत पदयात्रा सम्पन्न भएको छ । प्रदेश सभा एक अन्तर्गत लिच्छवीकालीन राजधानीको वैभावपूर्ण इतिहास बोकेको हाँडीगाउँको गहनापोखरीबाट प्रारम्भ भएको पदयात्राले विभिन्न स्थानहरुको परिक्रममा गर्दै विशालनगरमा पुगेर सम्पन्न भएको थियो।
एमाले महासचिव तथा यस क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलको उपस्थिती रहेको पदयात्रामा यसक्षेत्रका झण्डै ३ हजार जनताको उपस्थिती रहेको थियो । विभिन्न पेशाकर्मी, बुद्धिजीवी तथा वाम गठवन्धनमा आवद्ध कार्यकर्ताहरुको उल्लेखिय उपस्थिति रहेको र्यालीलाई ठाउँठाउँमा भव्य स्वागत गरेका थिए।
गैरीधारा, भाटभटेनी मन्दिर हुँदैं हाँडिगाउँको कृष्णमन्दिर, धुम्वाराही पिपलबोट, चण्डोलको उत्तरीभेक हुँदैं र्याली पञ्चकन्या टुसाल, बालुवाटार भएर विशालनगरमा पुगेर सम्पन्न भएको थिए । परम्परागत साँस्कृतिक झाँकी र वाजागाजा सहित झण्डै ३ घण्टा निरन्तर चलेको र्यालीले ५ किलोमिटरको दुरी पार गरेको नेता ध्रुव त्रिपाठीले वताए।
पदयात्रालाई सम्वोधन गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनपछि बन्ने वामपन्थी नेतृत्वको सरकारले राष्ट पुनर्निर्माणको अभियानलाई प्रारम्भ गर्ने बताए।
‘वामपन्थी नेतृत्वको सरकारको सुनिश्चिता हुँदैंछ, अव त्यही सरकार नै राष्टको पुनर्निर्माणको प्रस्थानविन्दु हुन्छ’ महासचिव पोखरेलले भने।




प्रतिक्रिया