नेपालको पहिलो अभ्यास खेल आज
सारांश
- लण्डन, ५ साउन ।
- युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलिले आज आफ्नो पहिलो अभ्यास खेल खेल्दैछ ।
- अभ्यासमा इंल्याण्डको स्थानीय क्लव ह्यामसायर हग्ससँग नेपालले ५० ओभरको खेल खेल्ने भएको हो ।
लण्डन, ५ साउन । युरोप भ्रमणमा रहेको नेपाली क्रिकेट टोलिले आज आफ्नो पहिलो अभ्यास खेल खेल्दैछ ।
अभ्यासमा इंल्याण्डको स्थानीय क्लव ह्यामसायर हग्ससँग नेपालले ५० ओभरको खेल खेल्ने भएको हो ।
जुलाई २९ मा क्रिकेटको घर मानिने लर्डसमा नेपालले नेदरल्याण्ड र एमसिसि सँग २० ओभरको त्रिकोणात्मक खेल खेल्नेछ र अगस्त पहिलो हप्ता नेदरल्याण्डसँग आफ्नो पहिलो ऐतिहासीक एकदिवसीय खेल खेल्न नेदरल्याण्ड प्रस्थान गर्नेछ ।
नेपालले दुई वटा ५० ओभर र दुईवटा २० ओभरको गरेर चार अभ्यास खेल खेल्नेछ । आज बाहेक नेपालले २३, २५ र २६ जुलाईमा आफ्ना अभ्यास खेल खेल्नेछ ।
नेपालका खेलहरुकाे समय तालिका तल दिइएकाे छ ।

पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलि शुक्रबार बिहान बेलायतमा सकुशल अवतरण गरेको थियो ।
खेल नेपाली समय अनुसार दिउँसोको पौने ५ बजे हुनेछ ।
Arjun Pratap Oli
Jeetko lagi agrim subhakamana ma rusma chaleko footbalko fan hoina mata hamrai nepali khelna lageko kirketko fyan ho garba lagiraxa
Ganesh Shakya
Sakti budho dekhiyo bhai.