कांग्रेसको दाबीः दोस्रो चरणमा ७० सिट जित्छौं

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १७, २०७४
|
|
४७ पटक हेरिएको
Shares
कांग्रेसको दाबीः दोस्रो चरणमा ७० सिट जित्छौं

सारांश

  • १७ मंसिर, काठमाडौ ।
  • नेपाली कांग्रेसले दोस्रो चरणमा मात्रै ७० सिट जित्ने दाबी गरेको छ ।
  • दोस्रो चरण अन्तर्गत २१ गते हुने ४५ जिल्लाका १२८ सिट मध्ये ७० सिटमा कांग्रेस अग्रस्थानमा रहेको निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक बालकृष्ण खाँडले दाबी गरे ।

१७ मंसिर, काठमाडौ । नेपाली कांग्रेसले दोस्रो चरणमा मात्रै ७० सिट जित्ने दाबी गरेको छ । दोस्रो चरण अन्तर्गत २१ गते हुने ४५ जिल्लाका १२८ सिट मध्ये ७० सिटमा कांग्रेस अग्रस्थानमा रहेको निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक बालकृष्ण खाँडले दाबी गरे ।

दोस्रो चरणमा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १२८ सिट मध्ये कांग्रेसले ११८ सिटमा उम्मेदवारी दिएको छ । बाँकी १० सिटमा लोकतान्त्रिक गठबन्धनमा आवद्ध अन्य दलहरुलाई सहयोग गरेको छ ।

कांग्रेसले सहयोग गरेका गठबन्धनका अन्य १० जना उम्मेदवारहरु पनि अग्रस्थानमा रहेको भन्दै संयोजक खाँडले सहजै बहुमत ल्याउने दाबी गरे । ‘१२८ क्षेत्रमा हामीले उम्मेदवारी दिएका ११८ मध्ये ७० स्थानमा हामी अग्रस्थानमा छौं,’ खाँडले भने, ‘बाँकी हामीले सहयोग गरेका लोकतान्त्रिक गठबन्धनका १० जना उम्मेदवार पनि अग्रस्थानमा हुनुहुन्छ, हामी सहजै बहुमत ल्याउछौं ।’

पहिलो चरण अन्तर्गत गत १० गते सम्पन्न भएको चुनावमा पनि कांग्रेस अग्रस्थानमा रहेको खाँडको दाबी छ ।

कांग्रेसको मिडिया सेन्टरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खाँडले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेसप्रति जनलहर चलेकाले बहुमत आउने निश्चित भएको बताए ।

कांग्रेसभित्र एकता हुनु, वाम गठबन्धनमा नेता मिले पनि कार्यकर्तामा फुट आउनु, सबै क्षेत्रमा वामका उम्मेदवार नै नहुनु, सही ढंगले निर्वाचन परिचालन गर्न नसक्नुले कांग्रेसलाई सहज भएको संयोजक खाँडको भनाइ छ ।

यस्तै कांग्रेसलाई जनताले सधैं संकटमा साथ दिने गरेको भन्दै उनले यसपटक पनि मतदाताको बदलिँदो मनोविज्ञानले कांग्रेसलाई साथ दिए बताए ।

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Narbahadaur Kunwar

    जय हाेस

    Comment Author

    Raju Neupane

    pachadiko 0Ghatara…….?

    Comment Author

    Raj Kumar Regmi

    सजिलै ।

    Comment Author

    Hari Khatiwada

    7 chai jitla

    Comment Author

    Hem Katwal

    Hahaha kati hasnu hau 7chai hola

    Comment Author

    Prem Prasad Sharma Acharya

    पताईयाे

    Comment Author

    Keshab Bahadur Chand

    लेखाइ फरक परेछ ०७ हुनु पर्नेमा ७० भए जस्ताे छ

    Comment Author

    लव तिमिल्सिना

    काङ्रेसी अनलाइन मिडिया को स्वामिभक्ती खबर ! वाइयात जित्ने भय बौलायर हिड्छ र काङ्ग्रेस ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?