क्रिकेट खेलाडीलाई सम्मान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र ७, २०७९
|
|
४८ पटक हेरिएको
Shares
क्रिकेट खेलाडीलाई सम्मान

सारांश

  • पोखरा ।
  • नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले राष्ट्रिय क्रिकेट टोलीका करण केसी र यु–१९ टोलीका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई आज सम्मान गरेको छ ।
  • यू–१९ विश्वकपमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई जनही रु पाँच हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।

पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्च र पोखरा क्रिकेट एकेडेमीले राष्ट्रिय क्रिकेट टोलीका करण केसी र यु–१९ टोलीका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई आज सम्मान गरेको छ ।

यू–१९ विश्वकपमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने गण्डकी प्रदेशका सुभाष भण्डारी, अर्जुन कुमाल र दीपकराज डुम्रेलाई जनही रु पाँच हजार नगदसहित सम्मानपत्र प्रदान गरिएको हो । त्यस्तै लिग टु क्रिकेटमा नेपाललाई क्वालिफायर राउण्डमा पु¥याउन भूमिका खेल्ने नेपाली राष्ट्रिय टोलीका सदस्य करण केसी लाई मञ्चले रु २० हजार नगदसहित सम्मानपत्र प्रदान गरेको हो ।

आइसिसी विश्वकप लिग टु का खेलमा केसीले कूल ५० विकेट लिएका थिए र साथै अन्य तीन जना खेलाडीले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्वकपमा छनोटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनीहरूलाई मञ्चका कार्यवाहक अध्यक्ष दिलबहादुर गुरुङ, निवर्तमान अध्यक्ष तेज गुरुङ, संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटलगायतले सम्मान गरे।

उक्त अवसरमा पोखरा क्रिकेट एकेडेमीका तर्फबाट चारै जना खेलाडीलाई जनही रु पाँच÷पाँच हजार प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष गुरुङले नेपाली राष्ट्रिय क्रिकेट टिमले राष्ट्रको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउन महत्त्वपूर्ण भूमिका खेलेको बताए ।

पोखरा रङ्गशालामा रहेको क्रिकेट मैदान छिट्टै स्तरोन्नति हुनुपर्ने उल्लेख गर्दै उनले रङ्गशालासहितका क्रिकेट रङ्गशाला स्तरोन्नति हुनसके पर्यटक खोज्न टाढा जान नपर्ने बताए । मञ्चका निवर्तमान अध्यक्ष तथा प्रदेश खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङले राज्यले के दियो भन्दा पनि खेलाडीले आफ्नो खेल जीवनले दिएको संस्कार बिर्सन नहुने बताए ।

मञ्चका संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाटले खेलाडीले आफूलाई अघि बढाउन अनुशासनसँगै प्रशिक्षकको निर्देशनलाई पालना गर्दै अघि बढ्नुपर्ने बताए ।

पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बविन कुँवरले नेपालले पाएको सफलताले गौरवान्वित बनाएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेदरल्याण्डलाई १४२ रनले हराउँदे नेपालले जित्यो त्रिदिवशीय टी-२० सिरिजको उपाधि
नेदरल्याण्डलाई १४२ रनले हराउँदे नेपालले जित्यो त्रिदिवशीय टी-२० सिरिजको उपाधि
फाेरम र राजपाबीच एकताकाे पहल, दुवै दलद्वारा वार्ता टाेली गठन
फाेरम र राजपाबीच एकताकाे पहल, दुवै दलद्वारा वार्ता टाेली गठन
चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा
चिनियाँ सामानमा करवृद्धि गर्ने अमेरिकी घोषणा, व्यापार वार्ता ओझेलमा
कोभिड –१९ को प्रकोप बढेपछि भारतको महाराष्ट्रमा कडा प्रतिबन्ध घोषणा
सदनमा अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने
सदनमा अवरोध हटाउने विषयमा सभामुखले शीर्ष नेतासँग छलफल गर्ने
टिम नेपोको राष्ट्रिय भेला बुटवलमा सम्पन्न
राप्रपा अधिवेशनः ७१ जिल्लाको नतिजा आयो, कहाँ को विजयी ?
राप्रपा अधिवेशनः ७१ जिल्लाको नतिजा आयो, कहाँ को विजयी ?
बाबुराम भट्टराई का नेता विवेकशील साझा पार्टीमा प्रबेश
बाबुराम भट्टराई का नेता विवेकशील साझा पार्टीमा प्रबेश
अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा
अधिनायकवाद शुरु हुन लाग्यो : सभापति देउवा
घटेर आयो भारतबाट पेट्रोलियम पदार्थको मूल्य
घटेर आयो भारतबाट पेट्रोलियम पदार्थको मूल्य