लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान गाउँमा पुगेन, हिंसाको मुख्य कारण रक्सी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १९, २०७४
|
|
२० पटक हेरिएको
Shares
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान गाउँमा पुगेन, हिंसाको मुख्य कारण रक्सी

सारांश

  • बैतडी, मंसिर १९ – महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा बैतडीमा महिला हिंसाका घटना थुप्रै भइरहेका छन् ।
  • बालिका बलात्कारदेखि श्रीमतीलाई घर निकालसम्मका हिंसा पनि बाहिर नआएका हैनन् ।
  • तर यस्ता हिंसाले न्याय पाउन सकेको छैन ।

बैतडी, मंसिर १९ – महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा बैतडीमा महिला हिंसाका घटना थुप्रै भइरहेका छन् । बालिका बलात्कारदेखि श्रीमतीलाई घर निकालसम्मका हिंसा पनि बाहिर नआएका हैनन् ।

तर यस्ता हिंसाले न्याय पाउन सकेको छैन । कारण मिलेमतो गर्नु । गाउँघरमा महिला हिंसाका घटना प्रयाः दिनहुँजसो भइरहन्छन् । तर गाउँघरकै गन्य मान्य मान्छे मिलेर गाउँघरमै पैसाले यस्ता घट्ना मिलाउने गर्दछन् । यस्तो चलनले पिडीतले झन पीडा र पीडकलाई झन प्रोत्साहन मिल्ने गर्दछ ।

बैतडीमा पनि हरेक वर्ष झैँ यो वर्ष पनि महिला हिंसाविरुद्धको १६ दिने अभियान भइरहेको छ । यस्ता कार्यक्रम ग्रामीणस्तरमा पुग्न सकेका छैनन् । बैतडीमा सदरमुकाम र ग्रामीणस्तरको मेलौलीमा मात्रै यो कार्यक्रम मनाइन्छ । जसले गर्दा ग्रामीणस्तका महिलाहरुलाइ हिंसा के हो भन्ने पनि थाह छैन् ।

उनीहरु आफुमाथि भएका हिंसा सहेर बस्न बाध्य छन् । बैतडीमा बालबिबाह, बहुबिबाह लगायत बिभीन्न किसीमका हिंसा सहन महिला बाध्य छन् । आफ्नै श्रीमान सासुसुराबाट पनि महिला पीडित बनेका छन् । उनीहरुलाई न्याय कुन ठाउँमा पाइन्छ भन्ने पनि थाह छैन् ।

बैतडीमा १० स्थानीय तहमा चार नपगपालिकाका उपप्रमुख र ६ गाउँपालिकाका उपाध्यक्ष लगायत अन्य महिला सदस्य, दलित महिला सदस्य गरी १ सय ६८ जना महिला निर्वाचित भएका छन् ।

तिनीहरु सबैको एउटै उद्देश्य मदिरा निषेधित अथवा नियन्त्रण गर्ने तर ६ महिना भइसक्दा पनि उनीहरुले राखेको लक्ष्यको सुरुवात पनि भएको छैन । आफूहरुले थुप्रै प्रयास गरे पनि सफल हुन नसकेको निर्वाचित उपप्रमुख तथा उपाध्यक्षको भनाई छ ।

बैतडीको शिवनाथ गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले आफूले जितेमा महिलाको हक अधिकारका लागि रक्सी बन्द गर्ने भन्दै गाउँमा भोट माग्नुभयो । उहाँलाई महिलाले विश्वास गरेर गाउँपालिकाको उपाध्यक्षमा जिताए । महिलालाई दिएको वाचा पूरा गर्नका लागि विजयी भएको अर्को दिन गाउँमा ¥याली निकालेर मदिराको अन्त्य गर्न सबै महिलाहरु एक जुट भए ।

गाउँपालिकाका सरोकारवालहरुको बैठक समेत बसेर रक्सी नियन्त्रण गर्ने निर्णय गर्ने बित्तिकै उल्टै मदिरा व्यवसायीले गाउँपालिकाको नाममा मुद्धा हारे । त्यसपछि उहाँको अभियान अहिलेसम्म अघि बढ्न सकेको छैन ।

बैतडीको सिगास गाउँपालिकामा पनि यस्तै समस्या छ । बैतडीको सदरमुकाम भन्दा धेरै टाढा रहेको सिगास गाउँपालिकामा जहाँ पैदल यात्रा गर्दा ३ दिन लाग्छ । सिगासमा पनि घरमा बनाउने घरेलु रक्सी र नेपाल सरकारबाट मान्यता प्राप्त पसलहरु छ्याप छ्यापती पाइन्छ । त्यहाँको महिलालाई पनि शिवनाथ गाउँपालिकाका महिलालाई जस्तै पीडा छ ।

बिहान उठ्ने बित्तकै घरधन्दामा लाग्ने महिला दिनभरि आफ्नै काममा व्यस्त हुन्छ्न । तर पुरुषहरु बिहानै उठ्यो भोक लागेमा खायो नभए दिनभर गाउँटोलमा डुल्यो, तास खेल्यो, रक्सी खायो साँझघरमा आएर श्रमती र छोराछोरीलाई कुटपिट, गालिगलौज ग¥यो पुरुषहरुको यस्तो बानी पहिलेदेखि नै परेकाले अहिले हटाउन निकै सकस भएको सिगास गाउँपालिकाका उपाध्यक्ष द्रोपति चन्दले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?