प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ६, २०७९
|
|
२७ पटक हेरिएको
Shares
प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी

सारांश

  • काठमाडौँ ।
  • लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आफ्नो पार्टीले विश्वासको मत कायमै राखेको बताएका छन् ।
  • प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले भने, “प्रधानमन्त्रीमाथि हिजो पनि विश्वासको मत दिएका थियौँ र आज पनि मत दिन्छौँ ।

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आफ्नो पार्टीले विश्वासको मत कायमै राखेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले भने, “प्रधानमन्त्रीमाथि हिजो पनि विश्वासको मत दिएका थियौँ र आज पनि मत दिन्छौँ ।” उनले यसअघि विश्वासको मत दिए पनि प्रतिपक्षमा बसेको भए पनि अब भने सत्तापक्षको बेञ्चमा बस्न तयार रहेको बताए ।

निर्वाचन अगाडिको पाँच दलीय गठबन्धनको घटकका रुपमा लोसपा रहेकाले विश्वासको मत दिइएको उनले प्रष्ट पारे ।

“हामी तत्कालीन गठबन्धनमा रहेर गत आम निर्वाचनमा भाग लिएका थियौँ । निर्वाचनपछि स्वाभाविक ढङ्गबाट एउटा कोर्समा जानुपर्ने थियो । त्यसमा हठाथ् घटनाक्रमले जे जस्तो अवस्था आए पनि हामीले सरकारलाई समर्थन गरेका थियौँ”, उनले भने ।

स्थायित्वका लागि सरकारलाई समर्थन गरेको जनाउँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मजबुतका विश्वासको मत दिने स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?