काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
२० पटक हेरिएको
Shares
काठमाडौंका १० वटै क्षेत्रमा निर्वाचन तयारी पूरा, कहाँ-कहाँ हुन्छ मतगणना ?

सारांश

  • २० मंसिर, काठमाडौं ।
  • सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ ।
  • काठमाडौं निर्वाचन क्षेत्र नं.

२० मंसिर, काठमाडौं । सबैभन्दा धेरै मतदान निर्वाचन क्षेत्र र मतदाता भएको काठमाडौं जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारी पूरा भएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं. १ का मुख्य अधिकृत रमेशराज पोखरेलका अनुसार काठमाडौंमा १० वटै निर्वाचन क्षेत्रमा मतदानका लागि तयारी पूरा भएको हो । काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको संयोजनसमेत गरेको मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘दश वटै निर्वाचन क्षेत्रमा तयारी पूरा भएको छ, केही प्राविधिक काम मात्र बाँकी छ, त्यो पनि आज बेलुकासम्म सकिन्छ ।’

पोखरेलका अनुसार निर्वाचन क्षेत्रमा मतपत्र पुर्याउने काम भइरहको छ । सुरक्षित रुपमा मतपत्र लान सक्नेलाई मंगलबारदेखि नै मतपत्र दिइएको छ भने सुरक्षित रुपमा लान नसक्ने स्थानमा आयोगले आजसम्म पुर्याउने तयारी छ ।

दश निर्वाचन क्षेत्रमा आयोगबाट दशै निर्वाचन क्षेत्रमा एक/एक निर्वाचन अधिकृतसहित पाँच हजार ८४८ कर्मचारी खटिएका छन् । त्यसमा उपसचिव ३५५, शाखा अधिकृत ७३१ नायब सुब्बा ३७६ र दुई हजार ९२४ सहायक कर्मचारी र एक हजार ४६२ कार्यालय सहायक कर्मचारी रहेका छन । काठमाडौंका १० निर्वाचन क्षेत्रमा मतदान केन्द्र ७३१ र मतदानस्थल ३०९ छन् ।

काठमाडौंमा रहेको १० निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाका उम्मेदवार १७१, प्रदेश सभा (क)मा १०७ र प्रदेशसभा (ख)मा ११५ रहेका छन् । दश निर्वाचन क्षेत्रमा कूल मतदाता संख्या छ लाख ३० हजार ४६० छन् ।

आयोगको मतदानस्थलको सुरक्षाका लागि मोबाइल टोलीसमेत तयार गरिसकेको छ । आयोगले निर्वाचनलाई शान्तिपूर्ण, विश्वासिलो तरिकाले गर्न चाहेको छ भने मत बदर हुन नदिनका लागि बुझेर मात्र उपयुक्त स्थानमा मतदान गर्न आग्रह गरेको छ ।

मतगणनास्थलमा सिसी टीभी र जालीको प्रयोग 

मतगणना स्थलको सुरक्षा व्यवस्थालाई ध्यानमा राखी निर्वाचन आयोगले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सिसी टिभी क्यामेरा र तारजाली राख्ने तयारी गरेको छ ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘विगतमा भएको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राखेर सुरक्षित बनाउन सिसी टिभी क्यामेरा जडान र प्रतिनिधिले हर्ने मिल्ने गरी जाली राख्ने तयारी भएको छ ।’

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिका चितवनमा देखिएको समस्या पुनः नदोहोरियोस् भनेर आयोगले मतगणनामा सिसी टिभी क्यामेरा र जालीको प्रयोग गर्न लागेको जनाएको छ । सुरक्षाका दृष्टिकोणले प्रतिनिधि र मतगणनामा खटिएका कर्मचारी एकै ठाउँमा राख्न नहुने सुझाव आएपछि तार जालीको प्रयोग गर्ने तयारी भएको हो ।

मुख्य निर्वाचन अधिकृत पोखरेलले थपे, ‘मतगणनामा अन्तर्राष्ट्रिय पर्यवेक्षक पनि आउँछन्, मतगणना स्थलमा जाली लगाउँदा कस्तो सन्देश जाला भन्ने पनि छ, कस्तो जाली राख्ने भन्ने विषमया सोच्दैछौँ ।’

आयोगले प्रतिनिधि र कर्मचारीसँगै नहुने गरी बीचमा राख्ने तर दुवैले राम्ररी देखिने गरी राख्ने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले भने, ‘आयोगले मतगणनामा पहिलो पटक सिसी टिभी र जाली प्रयोग गर्न लागेको हो, एउटा मतपत्र तहमाथि पर्यो भने राम्रो हुँदैन, मतपत्रको सुरक्षा सतर्कताका लागि आवश्यक पर्यो ।’

दश निर्वाचन क्षेत्रको कहाँकहाँ हुन्छ मतगणना 

काठमाडौं जिल्लामा १० वटा निर्वाचन क्षेत्र रहेका छन् । ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा ढिलाइ हुने भएकाले विभिन्न स्थानमा मतगणना हुने तयारी निर्वाचन आयोगले गरेको छ ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना हुन्छ । त्यसैगरी, निर्वाचन क्षेत्र नं. ५ र ७ को सहकारी विकास विभागको तालिम केन्द्र बानेश्वरमा मतगणना हुन्छ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं. ९ र १० अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना हुन्छ ।

निर्वाचन क्षेत्र नं. ८ को वन परिसर बबरमहलमा र निर्वाचन क्षेत्र नं. ६ को जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विषाक्त रक्सी खाँदा मलेसियामा मृत्यु हुने नेपाली ७ पुगे, १२ जना उपचार हुँदै (नामसहित)
विषाक्त रक्सी खाँदा मलेसियामा मृत्यु हुने नेपाली ७ पुगे, १२ जना उपचार हुँदै (नामसहित)
इक्वेडरसँग आयोजक कतार पराजित
इक्वेडरसँग आयोजक कतार पराजित
नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको छ: मन्त्री उपेन्द्र यादव
नेपालगञ्जमा एउटा ठूलो सुविधासम्पन्न अस्पताल आवश्यक रहेको छ: मन्त्री उपेन्द्र यादव
सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण
सीमा विवादको कूटनीतिक समाधान खोज्न सरकारको ध्यानाकर्षण
एमाले-माओवादी एकता: ४ सय सदस्यीय केन्द्रीय समिति बनाउने कसरत
एमाले-माओवादी एकता: ४ सय सदस्यीय केन्द्रीय समिति बनाउने कसरत
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
प्रेस चाैतारीले चयन गर्‍याे प्रदेश कमिटी, कुन प्रदेशमा काे अध्यक्ष ?
प्रेस चाैतारीले चयन गर्‍याे प्रदेश कमिटी, कुन प्रदेशमा काे अध्यक्ष ?
भारतले रौतहटमा खोल्न नमानेको बाँध आफै भत्कियो, भारतमा हल्लीखल्ली
भारतले रौतहटमा खोल्न नमानेको बाँध आफै भत्कियो, भारतमा हल्लीखल्ली
स्वराजलाई एक्लै होटल सोल्टीमा भेट्दै उपेन्द्र यादव
स्वराजलाई एक्लै होटल सोल्टीमा भेट्दै उपेन्द्र यादव
दुर्लभ ‘लोन्डेसी गुराँस’ संरक्षणको पर्खाइमा
दुर्लभ ‘लोन्डेसी गुराँस’ संरक्षणको पर्खाइमा

तपाईंले छुटाउनुभयो कि?