विराटनगरबाट पहिलोपटक माउन्टेन फ्लाइट
सारांश
- विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ ।
- विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट गर्न लागेको हो ।
- विराटनगरबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशङ्कर हिमाल सहितका हिमशृङ्खला हेर्ने गरी व्यवस्था मिलाइएको हो ।
विराटनगरबाट शनिबारदेखि पूर्वका हिमशृङ्खलाको अवलोकन गराउने उद्देश्यले पर्वतीय उडान (माउन्टेन फ्लाइट) हुने भएको छ ।
विराट एक्स्पो आयोजक समिति तथा विराटनगरमा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाले पूर्वाञ्चलमै पहिलोपटक यती एअरलाइन्सको विमानबाट माउन्टेन फ्लाइट गर्न लागेको हो ।
विराटनगरबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा, गौरीशङ्कर हिमाल सहितका हिमशृङ्खला हेर्ने गरी व्यवस्था मिलाइएको हो ।
२९–सिटे यती एअरलाइन्सको जहाजमा २२ जना जान मिल्नेगरी विराट एक्स्पोलाई लक्षित गरेर माउन्टेन फ्लाइटको व्यवस्था गरिएको छ । विराटनगरबाट पहिलो फ्लाइट शनिबार हुनेछ भने सोमबारसम्म नियमित माउन्टेन फ्लाइट हुने छ । काठमाडाँैबाट एक घन्टा ५ मिनेटमा अवलोकन गर्न सकिने हिमशृङ्खला विराटनगरबाट ५० मिनेटमा नै हुने छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया