दशैँकाे बेला काँग्रेस नेताले भने ‘नाकाबन्दी गर्छौ !’
सारांश
- हेटौंडा, २८ असाेज ।
- राजधानीको बिषय प्रदेशसभामा प्रवेश भएसँगै हेटौंडाका हरेक कार्यक्रममा राजधानीको विषयले उच्च प्राथमिकता पाउन थालेको छ ।
- राजनीतिक दलहरु अहिले दशैं तिहार र छठ पर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदानमा व्यस्त छन् ।
हेटौंडा, २८ असाेज । राजधानीको बिषय प्रदेशसभामा प्रवेश भएसँगै हेटौंडाका हरेक कार्यक्रममा राजधानीको विषयले उच्च प्राथमिकता पाउन थालेको छ । राजनीतिक दलहरु अहिले दशैं तिहार र छठ पर्वका अवसरमा आयोजित शुभकामना आदान प्रदानमा व्यस्त छन् । यस्ता कार्यक्रमहरुमा सत्तापक्ष र प्रतिपक्ष दुबैथरी दलका नेताले राजधानी हेटौंडामा नै हुनुपर्ने विषय उठाउने गरेका छन् ।
हेटौंडामा जिल्ला समन्वय समिति, निर्माण व्यवसायी संघले आयोजना गरेको दुबै कार्यक्रममा नेताहरुले राजधानीको बिषय उठाए । प्रदेश सभामा राजधानी अध्यन समितिले बुझाएको प्रतिवेदन पछि राजधानीको बिषय चर्चामा रहेको छ । हेटौंडामा शनिबार भएको शुभकामना आदानप्रदानमा सत्तापक्ष दलका नेतृ कुमारी मोक्तानले राजधानी हेटौंडाबाट अन्यत्र लैजानका लागि खेल चलिरहेको बताइन् । ‘हेटौंडा अनुपयुक्त भएको भन्दै अहिले राजधानी सार्ने खेल भइरहेको छ हामीले त्यसलाई रोक्नका लागि जे पनि गर्न तयार हुनुपर्छ’ उनले भनिन् ।
निर्माण व्यवसायी संघले गरेको कार्यक्रममा नेतृ मोक्तानले राजधानी कुनै पनि हालतमा मकवानपुर नै कायम गर्नका लागि राजनीतिक बिषय नबनाई सबै मिलेर जानुपर्ने बताइन् । प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी हेटौंडा भन्दा अन्यत्र लैजाने तयारी भए नाकाबन्दी गर्ने चेतावनी दिए । संघीयताको अभ्यास गर्ने अनि राजधानी घरको आँगनमै लैजानुपर्ने भन्दै उनले राजधानी हेटौंडामै कामय रहनुपर्ने बताए । निर्माण व्यवसायीलाई लक्षित गर्दै भने ‘कुनै पनि अवस्थामा राजधानी लैजान खोजिए व्यवसायका ल्याइएको उपकरण प्रयोग गरेर चुरेनाका बन्द गर्न तयार रहौं ।’
काठमाडौं राजधानी हुँदा कहिले कसैले अपायक भयो भन्न नपर्ने दुई घण्टामा आइपुगिने हेटौंडामा राख्दा अपायक भन्दै सार्न खोज्नु अव्यवहारिक भएको बानियाँको भनाइ छ । अब राजनीति होइन राजधानी प्रमुख हो नेकपाका नेताहरुले बुझन जरुरी छ’ उनले भने ।
दलीय सहमतिको अभ्यास हुँदै
राजधानीको बिषयलाई लिएर मकवानपुरका सबै दल एकै ठाउँमा बस्ने पक्का भएको छ । राजधानीलाई कुनै पनि हिसाबमा हेटौंडा नै कायम गर्नका लागि नेकपा र नेपालि कांग्रेस एकै ठाउँमा रहने अध्यास थालिएको छ । संसदमा ७३ जनाका बहुमत पुग्न नदिने र राजधानीलाई हेटौंडामा राख्नका लागि केन्द्रीय नेतृत्वलाई दवाब दिनका लागि दलीय सहमतिको विकल्प नभएको भन्दै नेताहरु एकै ठाउँमा रहने भएका हुन् ।
नेकपा स्रोतका अनुसार कुनै पनि अवस्थामा बहुमत पुग्न नदिनका लागि तयारी भइरहेको छ ।
प्रतिक्रिया