लाइनमै बसेर भोट हालेका महासिचव पोखरेलको उद्घोष– जनताले वामगठबन्धनलाई नै बहुमत दिने छन्, स्थायी सरकार मार्फत् मुलुकले समृद्धि पाउने छ
सारांश
- निर्माण सञ्चार, काठमाडौं ।
- नेकपा एमाले महासचिव ईश्वर पोखरेलले मतदान पछि बोल्दै देशले राजनीतिक स्थायित्व मार्फत् आर्थिक समृद्धि हासिल गर्न वामगठबन्धनलाई नै बहुमत प्रदान गर्ने उद्घोष गरेका छन् ।
- उनले आउने वामपन्थी सरकारले देशलाई कसरी देशलाई समृद्ध बनाउँछ भन्ने कुराको खाका नै प्रस्ताव गरेका छन् ।
निर्माण सञ्चार, काठमाडौं । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले मतदान पछि बोल्दै देशले राजनीतिक स्थायित्व मार्फत् आर्थिक समृद्धि हासिल गर्न वामगठबन्धनलाई नै बहुमत प्रदान गर्ने उद्घोष गरेका छन् ।
उनले आउने वामपन्थी सरकारले देशलाई कसरी देशलाई समृद्ध बनाउँछ भन्ने कुराको खाका नै प्रस्ताव गरेका छन् ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार रहेका महासचिव पोखरेलले टोखा नगरपालिका वार्ड-६ स्थित स्काइलार्क स्कुल धापासिबाट बिहान ८ बजे मतदान गरेका छन् ।
सो निर्वाचन क्षेत्रका लागि चुनाव परिचालन कमिटी संयोजक सूर्य थापा सहित मतदानमा पुगेका महासचिव पोखरेलले एबिसीसँग बोल्दै जनताले राजनीतिक स्थायित्व मार्फत् आर्थिक समृद्धि चाहेको र त्यसको नेतृत्व वामपन्थी शक्तिहरुले नै गरेकाले वामगठबन्धनको विजय सुनिश्चित रहेको ठोकुवा गरेका हुन् ।



प्रतिक्रिया