८४ हजार ४ सय ६५ रुपैया सहित चार जुवाडे पक्राउ !
सारांश
- अस्बिन खड्का, २७ जेठ ।
- प्रहरीले सुनसरीको ईनरुवा नगरपालिका ८ बाट चार जना जुवाडेलाई आइतबार बिहान नियन्त्रणमा लिएको छ।
- ईनरुवा ८ डुम्राहा स्थित तारादेवी मेहेताको घरमा जुवा खेलिरहेकाे भन्ने विशेष सुचनाका आधारमा प्रहरीले तास खेल्दै गरेका ईनरुवा नगरपालिका ८ का बुद्ध काफ्ले, सोही ठाउँका बिदुर कटुवाल, हरिप्रसाद साह र संजय मुखियालाई विहान ४ बजे नियन्त्रणमा लिएको हो।
अस्बिन खड्का, २७ जेठ । प्रहरीले सुनसरीको ईनरुवा नगरपालिका ८ बाट चार जना जुवाडेलाई आइतबार बिहान नियन्त्रणमा लिएको छ।
ईनरुवा ८ डुम्राहा स्थित तारादेवी मेहेताको घरमा जुवा खेलिरहेकाे भन्ने विशेष सुचनाका आधारमा प्रहरीले तास खेल्दै गरेका ईनरुवा नगरपालिका ८ का बुद्ध काफ्ले, सोही ठाउँका बिदुर कटुवाल, हरिप्रसाद साह र संजय मुखियालाई विहान ४ बजे नियन्त्रणमा लिएको हो।
जुवाको खालबाट नगद ८४ हजार ४ सय ६५ रुपैया, दुई बुङ तास तथा जुवा घर कम्पाउण्डबाट दुई वटा मोटरसाइकलसमेत बरामद भएको छ।
चारै जनालाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया