वरिष्ठ न्युरोसर्जन डा देवकोटा स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
वरिष्ठ न्युरोसर्जन डा देवकोटा स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन

सारांश

  • काठमाडौँ, ९ पुस ।
  • वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आज पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरिएको छ ।
  • वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल र उहाँको श्रीमती सरला रिजालको अग्रसरतामा आज दिउँसो पशुपति मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरिएको हो ।

काठमाडौँ, ९ पुस । वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यलाभको कामना गर्दै आज पशुपति मन्दिरमा दीप प्रज्ज्वलन गरिएको छ ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल र उहाँको श्रीमती सरला रिजालको अग्रसरतामा आज दिउँसो पशुपति मन्दिर परिसरमा दीप प्रज्ज्वलन गरिएको हो ।

डा रिजालले एसियाकै बरिष्ठ न्युरो चिकित्सक अस्वस्थ भएको खबरले चिन्तित बनाएकाले उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्ज्वलन गरिएको बताउनुभयो ।

“उहाँको स्वास्थ्य अवस्था गम्भीर छ भन्ने बुझिएको छ, के भएको भन्ने आधिकारिक जानकारी भने आइसकेको छैन, तर हामी उहाँलाई चाँडै पूर्ण स्वास्थ्यलाभ होस् भन्ने कामना गरौँ”– उहाँले भन्नुभयो ।

नेपालका उत्कृष्ट न्युरो सर्जनका रुपमा परिचित ६३ वर्षीय देवकोटालाई जटिल रोग लागेको र उहाँको बेलायतस्थित किग्ङस कलेज अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Narbahadur Gharti

    स्वास्थ्यलाभको कामना उपेन्द्रजीलाई भगवानले रक्षागरुन

    Comment Author

    सुरेन्द्र महर्जन अमर

    भगवानसँग प्रार्थना गर्छु डा. उपेन्द्र देवकोटाको सिध्र स्वस्थ्य लाभको । भगवानले उहाँको स्वास्थ्यस्थिति बुझेर रक्षा गरि दिनु होला ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?