के करण अझै शुरु भएन डोल्पामा मतगणना ,यस्तो छ संसनिपुर्ण खुलासा
सारांश
- दुनै (डोल्पा) पहिलो चरणको निर्वाचन सम्पन्न भएका विभिन्न जिल्लाहरुमा मतगणन सुरु भएर धमाधम पहिलो चरणको मतपरिणम सार्वजनिक भईरहेको बेला डोल्पामा भन अझै मतगणना सुरु हुन सकेको छैन् ।
- मुख्य निर्वाचन कार्यालयले विहिबार बेलुकी ५ बजेभित्रै मतगणना सुरुहुने बताएतापनि सात बजेर तीस मिनेट गईसक्दा पनि मतगणनाहुन सकेको छैन् ।
- मुख्य निर्वाचन कार्यालयले मतगणनामा संलग्न कर्मचारीहरुलाई प्रसिक्षण कार्यक्रम सम्पन्न गरेर मतगणक कर्मचारीहरु मतगणनास्थल जिल्ला अदालत आईपुग्दा समेत सर्वदलिय बैठक समेत बस्न सकेको छैन ।
दुनै (डोल्पा) पहिलो चरणको निर्वाचन सम्पन्न भएका विभिन्न जिल्लाहरुमा मतगणन सुरु भएर धमाधम पहिलो चरणको मतपरिणम सार्वजनिक भईरहेको बेला डोल्पामा भन अझै मतगणना सुरु हुन सकेको छैन् ।
मुख्य निर्वाचन कार्यालयले विहिबार बेलुकी ५ बजेभित्रै मतगणना सुरुहुने बताएतापनि सात बजेर तीस मिनेट गईसक्दा पनि मतगणनाहुन सकेको छैन् ।
मुख्य निर्वाचन कार्यालयले मतगणनामा संलग्न कर्मचारीहरुलाई प्रसिक्षण कार्यक्रम सम्पन्न गरेर मतगणक कर्मचारीहरु मतगणनास्थल जिल्ला अदालत आईपुग्दा समेत सर्वदलिय बैठक समेत बस्न सकेको छैन ।
सर्वदलीय बैठकमा काङ्ग्रेसले मतगणनामा माग लिने वा नलिने भन्ने विषयमा अन्योल कायम राख्दै एक घण्टा समय मागेपछि अझै सर्वललिय बैठक बस्न नसकेको हो ।
नेपाली काङ्ग्रेसले उपल्लो डोल्पाका तीनवटा स्थानीय तह र तल्लो डोल्पाका दुई स्थानीय तहका दुईवटा मतदान केन्द्रमा पुन मतदानको माग राख्दै निर्वाचन आयोगमा उजुरी दर्ता गराएको थियो ।
प्रतिक्रिया