चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
१८ पटक हेरिएको
Shares
चुनाव हारेपछि रविन्द्रले भने-गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो

सारांश

  • २३ मंसिर, काठमाडौं ।
  • प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई धन्यवाद दिएका छन् ।
  • १०, ११८ मत पा एका मिश्र कांग्रेसका प्रकाशमान सिंहसँग ८१९ मतले पराजित भएका छन् ।

२३ मंसिर, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं १ मा विवेकशील साझाका उम्मेदवार रविन्द्र मिश्रले मतदाताहरुलाई धन्यवाद दिएका छन् । १०, ११८ मत पा एका मिश्र कांग्रेसका प्रकाशमान सिंहसँग ८१९ मतले पराजित भएका छन् ।

अन्तिम मत परिणाम सार्वजनिक भएपछि मिश्रले कांग्रेस नेता सिंहलाई फोन गरेर नै बधाइ दिएका छन् । साथै उनले आफ्नो पार्टीका मतदाताहरुले भरपर्दो विकल्पमा रहेको रुपमा लिएकाले उत्साहित रहेको बताए ।

उनले भनेका छ,’नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा सम्भवतः कुनै पनि पार्टी यसरी राजनीतिमा उदाएको थिएन, अब देशभरी अभिव्यक्त सद्भावलाई संगठनमा बदलेर अर्को चुनावपछि देशको नेतृत्व गर्न आफूहरुलाई तयार पार्नु हाम्रो चुनौती हो ।

मिश्रले आफूहरुको अठोटमा सबैको साथ र समर्थन रहेन विश्वास व्यक्त गर्दै भनेका छन्, ‘गरेरै छाड्ने हो, परिर्वतन हेरेरै मर्ने हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?