कोरोना संक्रमण रोक्न चिनियाँ मोडल अपनाउने तयारीमा नेपाल

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १०, २०७६
|
|
२४ पटक हेरिएको
Shares
कोरोना संक्रमण रोक्न चिनियाँ मोडल अपनाउने तयारीमा नेपाल

सारांश

  • काठमाडौं, चैत १० ।
  • सरकारले आजबाट नेपालका सबै सीमा नाकाहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
  • सीमा नाका बन्द हुँदा मानिसहरुको आउ–जाउ बन्द भए पनि अत्यावश्यक सामानको ढुवानी भने रोकिने छैन ।

काठमाडौं, चैत १० । सरकारले आजबाट नेपालका सबै सीमा नाकाहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । सीमा नाका बन्द हुँदा मानिसहरुको आउ–जाउ बन्द भए पनि अत्यावश्यक सामानको ढुवानी भने रोकिने छैन ।

कोरोना भाइरस कोभिड–१९को संक्रमण रोक्नका लागि चीनले अपनाएको मोडल नेपालमा अपनाउने तयारी गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले त्यसका लागि चीन सरकारसँग सहकार्य भइरहेको जानकारी दिएका छन् ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा विश्वमा अहिले दुई मोडल अपनाइएका छन् । पहिलो चिनियाँ मोडल जुन लकडाउन गर्ने विधि हो । वुहानमा संक्रमण सुरु भएपछि चीनले सहर नै लकडाउन गरेको थियो ।

दोस्रो मोडल लकडाउन नगरी प्रविधिको प्रयोग गरेर रोकथाम गर्ने विधि हो, जुन दक्षिण कोरिया, सिंगापुर, ताइवानलगायतले सफल रुपमा अपनाइरहेका छन् ।आजको कान्तिपुर दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?