अमृत प्रधान स्मृति कप शनिबारदेखि

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २४, २०७४
|
|
१०९ पटक हेरिएको
Shares
अमृत प्रधान स्मृति कप शनिबारदेखि

सारांश

  • काठमाडौँ, २३ भदौ ।
  • अमृत प्रधान स्मृति कप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ ।
  • अमृत साइन्स क्याम्पसका संस्थापक प्राचार्य अमृतप्रसाद प्रधानको स्मृतिमा अनेरास्ववियु अस्कल क्याम्पस इकाइद्वारा आयोजना गर्न लागिएको प्रतियोगितामा उपत्यकाका विभिन्न्न १७ वटा क्याम्पसले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकारसम्मेलनमा इकाइका सचिव समिरराज विष्टले जानकारी दिनुभयो ।

काठमाडौँ, २३ भदौ । अमृत प्रधान स्मृति कप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुने भएको छ । अमृत साइन्स क्याम्पसका संस्थापक प्राचार्य अमृतप्रसाद प्रधानको स्मृतिमा अनेरास्ववियु अस्कल क्याम्पस इकाइद्वारा आयोजना गर्न लागिएको प्रतियोगितामा उपत्यकाका विभिन्न्न १७ वटा क्याम्पसले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकारसम्मेलनमा इकाइका सचिव समिरराज विष्टले जानकारी दिनुभयो ।

सानो गौचरनस्थित फुटबल मैदानमा शनिबार बिहानदेखि सुरु हुने प्रतियोगितामा हिमालयन कलेज, अमृत ए र बी, रत्नराज्य, केन्द्रीय क्याम्पस, नेपाल इन्जिनिरयरिङ, पाटन संयुक्त, त्रिचन्द्र, सगरमाथा, एनसिआइटी, नोबल, ताहाचल, पब्लिक युथलगायत १७ वटा क्याम्पसले प्रतिस्पर्धा गर्नेछन् ।

आउँदो असोज १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका विजेताले रु एक लाख एघार हजार १११, ट्रफी र द्वतीय हुनेले रु ५५ हजार ५५५ तथा ट्रफी प्राप्त गर्नेछ । असोज १ गते विज्ञान दिवस तथा क्याम्पस स्थापना दिवसका अवसर पारेर प्रतियोगिताको फाइनल खेल खेलाइने कार्यक्रम संयोजक सुलभ तामाङले जानकारी दिनुभयो । प्रतियोगिता सञ्चालनका लागि रु आठ लाख खर्च हुने बताइएको छ ।

राष्ट्रिय लिग नभएको सन्दर्भमा यो प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा सहयोग पु¥याउने आयोजकको विश्वास छ । छ वर्षसम्म त्रिचन्द्र कलेजमा अध्यापन गराइसकेपछि छुट्टै विज्ञान कलेजको आवश्यकताको महसुस गरी २०१३ साल असोज १ गते विश्वकर्मा पूजाको अवसर पारेर प्रधानले पव्लिक साइन्स कलेजको स्थापना गर्नुभएको थियो ।
उहाँको स्मृतिमा अनेरास्ववियु अस्कल कमिटीले यसअघि पनि विभिन्न प्रतियोगिता गरिसकेको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउन २८ गते मंगलबारको राशिफल यस्तो छ
कर्णालीका नाममा ओली-प्रचण्डबीच टकराव, नेकपाभित्र ठुलै कम्पनको संकेत
कर्णालीका नाममा ओली-प्रचण्डबीच टकराव, नेकपाभित्र ठुलै कम्पनको संकेत
राष्ट्र बैंकले घटायो ‘ओभरनाइट’ तरलता सुविधा
राष्ट्र बैंकले घटायो ‘ओभरनाइट’ तरलता सुविधा
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
अनेरास्ववियुको केन्द्रीय कमिटी र राष्ट्रिय परिषद्को बैठक भरतपुरमा, केपी ओलीले उद्घाटन गर्ने/
गगन थापाको आक्रामक टिप्पणी-केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनैपर्ने भएको छ
गगन थापाको आक्रामक टिप्पणी-केपी ओलीलाई बालकोट गएर ट्युसन पढाउनैपर्ने भएको छ
काठमाडौँ- ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
काठमाडौँ- ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी
सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रयसभा बैठक अवरुद्ध
सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै कांग्रेसद्वारा राष्ट्रयसभा बैठक अवरुद्ध
भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते
भारतमा रेल दुर्घटना चारको मृत्यु, कयौँ घाइते
माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो
माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँसु, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो
राजपामा दलका नेताका कारण भाँडभैलाे !
राजपामा दलका नेताका कारण भाँडभैलाे !

तपाईंले छुटाउनुभयो कि?