विकट ठाउँमा फोन र विद्युत् पु¥याउन पहल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
२३ पटक हेरिएको
Shares
विकट ठाउँमा फोन र विद्युत् पु¥याउन पहल

सारांश

  • इलाम, २८ मंसिर , नेकपा (एमाले)का नेता तथा सांसद सुवास नेम्वाङले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले संविधानको ठोस कार्यान्वयन भएको बताउनुभएको छ ।
  • फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा आज भएको विजयसभामा नेता नेम्वाङले भन्नुभयो, “संविधानले जनतालाई अधिकारसम्पन्न बनाएको छ, अब कहिल्यै यस देशका जनता कमजोर हुँदैनन्, शान्ति र प्रजातन्त्रका लागि फेरि जनताले लडाइँ गर्नुपर्दैन ।
  • ” सबै जाति, भाषा, धर्म र संस्कृतिका जनताका लागि जनतामैत्री संविधान बनेको उल्लेख गर्दै उहाँले देशलाई स्थिरता र आर्थिक समृद्धितर्फ उन्मुख गराउने जिम्मेवारी दल र जनप्रतिनिधिमा रहेको बताउनुभयो ।

इलाम, २८ मंसिर , नेकपा (एमाले)का नेता तथा सांसद सुवास नेम्वाङले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले संविधानको ठोस कार्यान्वयन भएको बताउनुभएको छ ।

फाकफोकथुम गाउँपालिकास्थित आमचोकमा आज भएको विजयसभामा नेता नेम्वाङले भन्नुभयो, “संविधानले जनतालाई अधिकारसम्पन्न बनाएको छ, अब कहिल्यै यस देशका जनता कमजोर हुँदैनन्, शान्ति र प्रजातन्त्रका लागि फेरि जनताले लडाइँ गर्नुपर्दैन ।”

सबै जाति, भाषा, धर्म र संस्कृतिका जनताका लागि जनतामैत्री संविधान बनेको उल्लेख गर्दै उहाँले देशलाई स्थिरता र आर्थिक समृद्धितर्फ उन्मुख गराउने जिम्मेवारी दल र जनप्रतिनिधिमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरणलगायत कार्यालयका प्रमुखलाई भेटेर विद्युतीकरण, टेलिकम टावर निर्माणका लागि भनेका छौंँ, हामी दूरदराजमा फोन, विद्युत् सुविधा पु¥याउन पहल र प्रयासरत छौँ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?