१० हजार घुस सहित प्रहरी जवान पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी जवानलाई १० हजार घुस लिएको भन्दै पक्राउ गरेको छ ।
  • अस्थायी प्रहरी पोष्ट नेपालगञ्ज बसपार्क, बाँकेमा कार्यरत प्रहरी जवान गोविन्द नेपालीले व्यवसायीले खरीद गरेका आयातीत सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस रकम माग गरेको भन्दै नियन्त्रणमा लिएको छ ।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी जवानलाई १० हजार घुस लिएको भन्दै पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट नेपालगञ्ज बसपार्क, बाँकेमा कार्यरत प्रहरी जवान गोविन्द नेपालीले व्यवसायीले खरीद गरेका आयातीत सामान ल्याउन सहज बनाइदिने प्रलोभन देखाइ सेवाग्राहीसँग घुस रकम माग गरेको भन्दै नियन्त्रणमा लिएको छ ।

उनले प्रलोभन देखाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियारको कार्यालय कोहलपुरबाट खटिएको टोलीले निजलाई १० हजार घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?