थापा र राणाको जुँगाको लडाइले राप्रपाको अस्तित्व गुम्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
थापा र राणाको जुँगाको लडाइले राप्रपाको अस्तित्व गुम्यो

सारांश

  • काठमाडौं, मंसिर २९ – यसपटकको चुनावमा फुटको सवैभन्दा चर्को मूल्य राप्रपा र यसका घटकले ब्यहोरेका छन् ।
  • अरु दल पार्टी एकीकरण र गठबन्धनमा लागेर चुनावमा जाँदा राप्रपा फुटेर चुनावी प्रतिस्पर्धामा गयो ।
  • फुटका कारण राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीले राष्ट्रिय दल बन्ने अवसर गुमाएका हुन् ।

काठमाडौं, मंसिर २९ – यसपटकको चुनावमा फुटको सवैभन्दा चर्को मूल्य राप्रपा र यसका घटकले ब्यहोरेका छन् । अरु दल पार्टी एकीकरण र गठबन्धनमा लागेर चुनावमा जाँदा राप्रपा फुटेर चुनावी प्रतिस्पर्धामा गयो । फुटका कारण राप्रपा, राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीले राष्ट्रिय दल बन्ने अवसर गुमाएका हुन् । राप्रपाका राजेन्द्र लिङदेनले झापा ३ मा चुनाव जितेर राप्रपाको नाक राखेपनि उनी संसदमा स्वतन्त्र हैसियतमा मात्र हुनेछन् ।

पूर्व पञ्चको बाहुल्यता रहेको राप्रपा नेपाल र राप्रपा मिलेर बनेको राप्रपा एकता महाधिवेशनको ६ महिना नबित्दै गएको साउनमा फुटेको थियो ।

प्रतिनिधिसभाको समानुपातिकको मतगणना अन्तिमतिर पुग्दा कमल थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले ३ प्रतिशत मत नल्याउने निश्चित भइसकेको छ । १० लाख जति मत गन्न बाँकी रहँदा थापा नेतृत्वको राप्रपाले सदर मतको २ दशमलव २१ प्रतिशत र राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकले शून्य दशमलव ८७ प्रतिशत मत ल्याएका छन् । एकीकृत रुपमै दुई पार्टी चुनावमा गएको भए यो प्रतिशत ३ दशमलव ०८ प्रतिशत पुग्ने देखिन्छ । यो मतका आधारमा राप्रपाले संघीय संसदमा ६ सिट ल्याउने थियो । प्रत्यक्षतर्फ लिङदेनले चुनाव जितेका कारण राप्रपा राष्ट्रिय दल बन्ने यो नतिजाले देखाउँछ ।

यति मात्र होइन तीनवटै राप्रपा मिलेर चुनाव लड्दा नेता कार्यकर्ताको मनोविज्ञान र खटाइले प्रत्यक्षतर्फ केही सिट थप्न सक्ने तथा समानुपातिकमा पनि मत बढाउन सक्ने सम्भावना धेरै रहन्थ्यो । दुवै पार्टीले केन्द्रीय रुपमा कांग्रेससँग चुनावी तालमेल गरे पनि झापा–३ वाम गठबन्धनसँग तालमेल गरेका कारण लिङ्देनले चुनाव जित्नुभएको थियो ।

संविधानसभाको दोश्रो चुनावपछि राप्रपा नेपालले समानुपातिकबाट मात्र २५ र राप्रपाले प्रत्यक्षतर्फ ३ सहित १२ जना सांसदलाई संसद पठाएको थियो । त्यसबेला चौथो शक्तिका रुपमा संविधानसभा र संसदमा प्रतिनिधित्व मात्र होइन सवैजसो सरकार गठनमा निर्णायक बन्दै महत्वपुर्ण मन्त्रालय सम्हाल्ने अवसर पनि पाएका थिए ।

संसदमा थ्रेसहोल्डको ब्यवस्था भएपछि एकता गरेर पार्टीभित्र खुशी सञ्चार गराए पनि त्यसको ६महिना नबित्दै फेरि फुटेका राप्रपा घटकका नेताहरु यतिबेला पार्टी फुटाएकोमा चुकचुकाउन बाध्य भएका छन् । कमल थापा र पशुपतिशमशेर राणाबिचको इगोका कारण फुटेको राप्रपा कम्तिमा ५ वर्ष संघीय संसदको अस्तित्वबाटै लोप भएको छ । किनकी गाई चिन्हबाट चुनाव जितेका राजेन्द्र लिङदेन संसदमा अब स्वतन्त्र सांसद हुनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?