पूनम पाण्डे भन्दा हट आयशा
सारांश
- एजेन्सी।
- ‘स्टुडेन्ट अफ द ईयर–२’, ‘आई हेट लभस्टोरी’ जस्ता फिल्मका निर्देशक पुनीत मल्होत्राले केही दिन अगाडि एउटा पार्टीको आयोजना गरेका थिए।
- पार्टीमा बलिउडका कयौं हस्ती सहभागी भएका थिए।
एजेन्सी। ‘स्टुडेन्ट अफ द ईयर–२’, ‘आई हेट लभस्टोरी’ जस्ता फिल्मका निर्देशक पुनीत मल्होत्राले केही दिन अगाडि एउटा पार्टीको आयोजना गरेका थिए। पार्टीमा बलिउडका कयौं हस्ती सहभागी भएका थिए। यस क्रममा फिल्म ‘सत्यमेवजयते’ की नायिका आयशा शर्मा पनि उपस्थित थिइन्। आयशा आफ्नो बोल्ड पोशाकका कारण निकै चर्चामा थिइन्। यद्यपी पोशाककै कारण यी अभिनेत्रीले केही असजिलो पनि महशुश गरिन्।
फोटोग्राफरलाई पोज दिँदा उनी बारम्बार आफ्नो पोशाक हेरिरहेकी थिइन्। आयशाको पोशाकलाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले आयशालाई ट्रोल गरेका छन्। एक प्रयोगकर्ताले आयशालाई गरिबकी पूनम पाण्डेसम्म भन्न भ्याएका छन्।
आयशा शर्मा २४ जनवरी, १९८९ मा भागलपुर विहारमा जन्मिएकी हुन्। आयशा बलिउड अभिनेत्री नेहा शर्माकी बहिनी हुन्। नेहाले ‘क्या सुपरकुल है हम’, यंगिस्तान र यमला पगला दिवाना–२ जस्ता फिल्ममा काम गरेकी छन्। आयशाको बाल्यबाल भने दिल्लीमा बितेको थियो। उनको पढाइ पनि स्प्रिंगडेल्स स्कुलमा भएको थियो। आयशाले नोएडाको एमिटी स्कुल अफ इन्जिनियरिंगबाट बायोटेक्नोलोजीमा ग्रेजुएशन गरेकी छन्। आयशाका बुवा अतीज शर्मा राजनीतिज्ञ हुन्। आयशाकी एउटी बहिनी छन् जसकोनाम रितिका शर्मा हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया