आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव – उपराष्ट्रपति पुन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २६, २०७४
|
१
|
४६ पटक हेरिएको
Shares
आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव – उपराष्ट्रपति पुन

सारांश

  • धुलिखेल, २६ माघ ,उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिबाट मात्रै देशको विकास सम्भव हुने बताउनुभएको छ ।
  • आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकस्थित खार्पाचोक युवा क्लबले आयोजना गरेको २८५४औँ खि ल्हो सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सबै तहका नेतृत्व र आमजनसमुदाय त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।
  • उहाँले भन्नुभयो, “अबको प्रतिष्पर्धा आर्थिक समृद्धिका लागि हुनुपर्छ, सबै तहले त्यसमा ध्यान दिनुहुनेछ ।

धुलिखेल, २६ माघ ,उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिबाट मात्रै देशको विकास सम्भव हुने बताउनुभएको छ ।

आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकस्थित खार्पाचोक युवा क्लबले आयोजना गरेको २८५४औँ खि ल्हो सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सबै तहका नेतृत्व र आमजनसमुदाय त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अबको प्रतिष्पर्धा आर्थिक समृद्धिका लागि हुनुपर्छ, सबै तहले त्यसमा ध्यान दिनुहुनेछ ।” आफ्नो समुदाय र देशको समृद्धिका लागि भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले पछिल्लो अवस्थामा राज्यको प्रशासनिक क्षेत्रमा आदिवासी जनजाति, अल्पसंख्यक र पिछडिएका क्षेत्रका समुदायको सहभागिता बढ्दै जानु सराहनीय भएको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद गंगाबहादुर तामाङले प्रदेश नं ३ को राजधानी काभ्रे हुने र त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेको बताउनुभयो ।

प्रदेशसभा सांसद रत्न ढकालले तामाङको बाक्लो उपस्थिति रहेको क्षेत्रलाई विकास गर्न आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

पूर्व सांसद तीर्थ लामा, नेकपा (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज सूर्यमान दोङ, रोशी गाउँपालिकाका अध्यक्ष दलबहादुर लामालगायतले आफ्नो धारणा राख्नुभएको थियो । सो अवसरमा मानवशास्त्री डा मुक्तसिंह तामाङ, लेखक दुपवाङ्गेल मोक्तान, गायिका मनिला सोताङ र नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई नेपाली समाजमा अतुलनीय योगदान दिएको भन्दै उपराष्ट्रपति पुनले सम्मान गर्नुभएको थियो । कार्यक्रममा कलाकार उदय सोताङ, मनिला सोताङ, मीना निरौलालगायतले गीत गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Kyacee SB

    Rana kal de khi 67 barsa bhayo banduk uthara bikash Nil Banduk bisakp 10 barsa ma bilash Nil

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?