आज पुष १, हेर्नुहोस अहिले सम्म कहाँ कहाँ के के घटनाहरु भए ! प्रहरी बुलेटिन

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १, २०७४
|
|
२५ पटक हेरिएको
Shares
आज पुष १, हेर्नुहोस अहिले सम्म कहाँ कहाँ के के घटनाहरु भए ! प्रहरी बुलेटिन

सारांश

  • लागू औषध सहित पक्राउ काठमाडौँ, १ पुस काठमाडौँ  दुबई हुँदै मौरी सर्च जान लागेका पासपोर्ट नम्वर ७१५११०३७९ बाहक रसियन नागरिक ३३ बर्षीय Victor Isyvanon लाई प्रहरीले शुक्रबार अवैध लागूऔषध चरेश २ के.
  • जी.
  • सहित पक्राउ गरेको छ ।

लागू औषध सहित पक्राउ
काठमाडौँ, १ पुस काठमाडौँ  दुबई हुँदै मौरी सर्च जान लागेका पासपोर्ट नम्वर ७१५११०३७९ बाहक रसियन नागरिक ३३ बर्षीय Victor Isyvanon लाई प्रहरीले शुक्रबार अवैध लागूऔषध चरेश २ के.जी. सहित पक्राउ गरेको छ ।      त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको होल्ड ब्यागेज चेकिङतर्फको एक्सरेमा चेकजाँच गर्दा उनले बोकेको झोलामा २ वटा च्यावनप्राशको बोतलमा राखी लुकाई छिपाई लान लागेको अवस्थामा उक्त चरेस फेला पारेको थियो ।
 झापा मेचिनगर नगरपालिका–६ बाट प्रहरीले शुक्रबार भारतबाट नेपालतर्फ पैदल आउदै गरेका धनकुटा जिल्ला छथर गाउँपालिका–५ बस्ने २६ बर्षीय मिङमा शेर्पालाई अवैध लागूऔषध ब्राउन सुगर ५ ग्राम सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

डलर देखाई ठगी गर्ने पक्राउ

डलर देखाई नगद ठगी गर्ने उदयपुर जिल्ला पद्मावति–४ घर भई ललितपुर धापाखेल बस्ने  २४ बर्षीय चन्द्र बहादुर मगर र धादिङ ढुवाकोट घर भई ललितपुर सातदोबाटो बस्ने २१ बर्षीय मिलन दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले मंसिर ११ गते सिन्धुली झागाझोली रातामाटे–१ घर भएका २० बर्षीय हेमन्त पुरीलाई काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर गणेश मन्दिर नजिक बोलाई युएस डलर देखाई २ लाख ३९ हजार रुपैयाँ ठगी गरी फरार भएका थिए ।
महानगरीय प्रहरी बृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई शुक्रबार ललितपुर महानगरपालिका–२४ धापाखेलबाट पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट १ लाख रुपैयाँ समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु
पाल्पा ः पुर्वखोला गाउँपालिका–२ मैदान भन्ज्याङ स्थित भित्री कच्ची सडक खण्डमा शनिबार लु.३ त ८३७७ नम्वरको ट्याक्टर सडकबाट अंदाजी ४० मिटर तल खसेर दुर्घटना हुदाँ ५ जना घाइते भएकोले उपचारको लागि मिसन अस्पताल पाल्पा पठाइएकोमा सोही ठाउँ बस्ने ६७ बर्षीय मानबहादुर बाह्रघरेको मुत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया ः बढैयाताल गाउँपालिका–७ स्थित भे.१ त ४६८६ नम्बरको ट्याक्टर शनिबार अनियन्त्रित भई पल्टन जादा ट्याक्टरमा काम गर्ने सोही ठाउँ वस्ने २५ बर्षीय अरुण थारुको च्यापिएर घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालक सहित २ जना घाइते भएकोले उपचारको लागि नेपालगन्ज नर्सिङ होममा पठाइएको छ ।
 महोत्तरी ः बर्दिबास नगरपालिका–५ माईस्थान स्थित बा.३६ प २४७९ र ज.१० प ७७३२ नम्बरको मोटरसाइकल शुक्रबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुबै मोटरसाइकलमा सवार चालक सहित ३ जना घाइते भएकोले उपचारको लागि सिटि केयर अस्पताल लैजाने क्रममा बा.३६ प २४७९ नम्वरका चालक सिन्धुली जिल्ला तीनपाटल गाउँपालिका बस्ने २७ बर्षीय बिजय पोख्रेलको मृत्यु भएको छ ।
झापा ः शिबसतासी–८ झिलझिले स्थित मे.९ प २६२९ नम्बरको मोटरसाइकले शुक्रबार सोही ठाउँ बस्ने  ६० बर्षीय बाल कृष्ण प्रधानलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 मकवानपुर ः थाहा नगरपालिका–७ देउखेल स्थित ना.४ त ९३३६ नम्बरको ट्याक्टरले शुक्रबार सोही ठाउँ बस्ने पैदल यात्री १२ बर्षीय पारस परियारलाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पालुङ पठाइएकोमा मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ ः कानेपोखरी गाउँपालिका–४ धनपुवा चौक स्थित भित्री सडक खण्डमा को.१५ प ८५४८ नम्बरको स्कुटर शुक्रबार अनियन्त्रीत भई दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ४० बर्षीय बिजय लिम्बु र बेलबारी नगरपालिका–८ बस्ने ४५ बर्षीय नर बहादुर थापा घाइते भएकोले थापालाई घोपा अस्पताल धरान र बिजय लिम्बुलाई थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा लिम्बुको मृत्यु भएको छ ।

घरको छतबाट खसेर मृत्यु ः
बारा, परवानीपुर गाउँपालिका–३ रामपुर टोल बस्ने ३५ बर्षीया सोसिता गिरीको घरको छतबाट खसेर मृत्यु भएको छ । शुक्रबार आप्mनै घरको छतमा लुगा सुकाउने क्रममा खसेर गम्भीर घाइते भएकी उनको उपचारको लागि बिरगंजतर्फ लैजाने क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जलेर मृत्यु ः
धनुषा, आगो ताप्ने क्रममा कपडामा आगो सल्कन गई जलेर घाइते भएकी जनकपुर उपमहानगरपालिका–१७ बस्ने ५५ बर्षीया अनारदेवी मुखियाको मृत्यु भएको छ ।
शुक्रबार आप्mनै घर बाहिर आगो ताप्ने क्रममा साडीमा आगो सल्कन गई जलेर गम्भीर घाइते भएकी मुखियालाई उपचारको लागि जनकपुर अंचल अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट क्षति ः
   पाल्पा ः रैनादेवी छहरा गाउँपालिका–८  बस्ने ओम बहादुर गाहाको एकतले फुसले छाएको घर र गोठमा शनिबार आगलागी हुँदा करीव ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
महोत्तरी ः पिपरा गाउँपालिका–४ बस्ने राम प्रसाद सदा मुसहरको एकतले कच्ची घरमा गएराति आगलागी हुँदा करीव १ लाख ८७ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
 उदयपुर ः सुनकोशी गाउँपालिका–३ बाराहा बस्ने श्री–लक्ष राईको फुसको छानो भएको घर र गोठमा शुक्रबार आगलागी हुदाँ नगद ३० हजार रुपैयाँ सहित करीव ६ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
तेह्रथुम ः आठराई गाउँपालिका–६ चुहानडाँडा बस्ने राम बहादुर खापुङको फुसको छानो भएको दुईतले घरमा शुक्रबार आगलागी हुँदा करीव ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला ः
कास्की ः पोखरा लेखनाथ महानगरपालिका–२० भलाम बस्ने २२ बर्षीया अनिता थापा अधिकारी शनिबार कालिखोलाको बगरमा मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुली ः फिक्कल गाउँपालिका– २ धमिनि बस्ने ५५ बर्षीय जित बहादुर सार्की शनिबार नवलपुर स्थित सुनकोसी नदीको बिचमा मृत अवस्थामा फेला परेका छन् । सार्की मंसिर २२ गतेदेखि हराईरहेका थिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ramhari Aryal

    Nice

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?