पुनः विवादमा शाहिदको फिल्म, कथा चोरीको आरोप

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ६, २०७५
|
|
४२ पटक हेरिएको
Shares
पुनः विवादमा शाहिदको फिल्म, कथा चोरीको आरोप

सारांश

  • दिल्ली, ६ जेठ ।
  • बलिउड अभिनेता शाहिद कपुरको फिल्म फेरी विवादमा तानिएको छ ।
  • शाहिद कपूर र श्रद्धा कपूर अभिनित चलचित्र ‘बत्ती गुल मीटर चालु’ कथा चोरीको आरोप लाग्दै विवादमा तानिएको हो ।

दिल्ली, ६ जेठ । बलिउड अभिनेता शाहिद कपुरको फिल्म फेरी विवादमा तानिएको छ ।

शाहिद कपूर र श्रद्धा कपूर अभिनित चलचित्र ‘बत्ती गुल मीटर चालु’ कथा चोरीको आरोप लाग्दै विवादमा तानिएको हो ।

शाहिद र श्रद्धा अभिनित फिल्म ‘बत्ती गुल मीटर चालु’ को शुटिङ पुनः सुरु भएको छ । तर फिल्मको लागि समस्या भने अझै सकिएको छैन । २०१६ मा रिलीज भएका फिल्म ‘रुस्तम’ का लेखक विपुल रावलले फिल्म राइटर्स एसोसिएशन(एफआरए) सँग मिलेर निर्देशक नारायण सिँह, लेखक सिद्धार्थ र गरिमा रावलको विरुद्ध मुद्दा दर्ता गरेका छन् । विपुलले फिल्ममेकर्समा उनको कथा चोरेको र क्रेडिट नदिएको आरोप लगाएका हुन् । यो भन्दा पहिले फिल्म मुनाफा बाँडफाँडलाई लिएर विवादमा आएको थियो ।
विपुलले आफ्नो उजुरीमा भनेका छन्, उनले सन २००९ मा रोशनी नामबाट एक शिर्षक रजिस्टर गराएका थिए । त्यसपछि २०१६ मा उनले यसको अन्तिम खाका रजिस्टर गराएका थिए । त्यसपछि उनले क्रिअर्स एन्टरटेनमेन्टसँग एउटा सम्झौता गरेका थिए जसपश्चात फिल्मको कथा धेरै कलाकारलाई सुनाइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?