पूर्वी नेपालमा भूकम्पको धक्का !
सारांश
- काठमाडौँ, २७ भदौ ।
- पूर्वी नेपालका केही जिल्लामा आज बिहान १० बजेर ३५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ ।
- उत्तरपूर्वी भारतको असाम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६.
काठमाडौँ, २७ भदौ । पूर्वी नेपालका केही जिल्लामा आज बिहान १० बजेर ३५ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको छ । उत्तरपूर्वी भारतको असाम क्षेत्रलाई केन्द्रबिन्दु बनाएर गएको ६.१ रिक्टर स्केलको उक्त भूकम्पको धक्का नेपालसम्म महसुस भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पको सामान्य धक्का मात्र भएकाले अहिलेसम्म कुनै क्षतिको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया