बिटक्वाइनबाट यसरी अर्बपति बने अमिताभ बच्चन
सारांश
- नयाँ दिल्ली: बिटक्वाइनको किनबेच गरेर कयौँ मानिस अहिले अर्बपतिको सूचीमा खडा भएका छन् ।
- नेपालसहित विश्वका कयौँ देशमा लगातार प्रयोग बढिरहेको यो सिक्कालाई किन्न तँछाड मछाड गरिरहेका छन् ।
- कयौँ मानिसले यसमा धमाधम लगानी बढाइरहेका छन् ।
नयाँ दिल्ली: बिटक्वाइनको किनबेच गरेर कयौँ मानिस अहिले अर्बपतिको सूचीमा खडा भएका छन् । नेपालसहित विश्वका कयौँ देशमा लगातार प्रयोग बढिरहेको यो सिक्कालाई किन्न तँछाड मछाड गरिरहेका छन् । कयौँ मानिसले यसमा धमाधम लगानी बढाइरहेका छन् ।
ती लगानीकर्तामध्ये एक हुन्, बलिउडका सुपरस्टार अमिताभ बच्चन । बिजनेस स्टान्डर्डको समाचार अनुसार बच्चन परिवारले बिटक्वाइनमा अढाई लाख डलर (२ करोड ५५ लाख रुपैयाँ) मेरिडियन टेक पीटीईमा लगानि गरेका थिए । अढाई सालमा यसको मूल्य १७.५ मिलियन डलर (१ अर्ब ७८ करोड ८७ हजार रुपैयाँ) भइसकेको छ । बिटक्वाइनको एउटा सिक्काको मूल्य विश्व बजारमा ६ लाख रुपैयाँ भन्दा धेरै रहेको छ ।
सन् २०१५ मा लगानी
बिजनेस स्टान्डर्डको रिपोर्ट अनुसार सन् २०१५ मा अमिताभ बच्चन र अभिषेक बच्चनले अढाई लाख डलर (करिब २ करोड ५५ लाख रुपैयाँ) मेरिडियन टेक पीटीईमा लगाएका थिए ।
यस फर्मको भाग्य तब बद्लियो, जब मेरीडियनको मुल सम्पत्ति जिड्डु डट कमलाई एक विदेशी कम्पनी लन्गफिन कर्पले किनिदियो । जब बच्चन परिवारले त्यो बेला जिड्डु डट कममा लगानी गरे तब त्यो एक क्लाउड स्टोरेज र ई-डिस्ट्रिब्यूशन स्टार्टअपका रुपमा परिचित थियो ।
दुई एकाउन्टबाट लगानी
बिजनेस स्टान्डर्डलाई मेरिडियन टेकका मालिक वेङ्कट श्रीनिवास मिनावलीले बताए अनुसार अमिताभ बच्चनले दुई एकाउन्टमार्फत कम्पनीमा लगानी गरेका थिए । एक एकाउन्ट अमिताभ बच्चनको नामको थियो । जसमा डेढ लाख डलर थियो ।
अर्को एकाउन्ट भने अमिताभ र अभिषेकको संयुक्त नाममा थियो । जसमा एक लाख डलर थियो । लन्गफिन कोर्पले बताए अनुसार आयात र निर्यातकर्ताले जिड्डु क्वाइनलाई बिटक्वाइनमा परिवर्तन गर्थे । त्यसपछि प्रयोग हुने पुँजी जस्तै यसको प्रयोग गरिन्छ ।
के हो बिटक्वाइन ?
पहिले तपाईँले बुझ्नुपर्ने कुरा भनेको बिटक्वाइन एक किसिमको डिजिटल पैसा नै हो । यसलाई विद्युतीय प्रणालीबाट बनाइन्छ । यो क्वाइन कुनै मानिसको हातमा हुँदैन, यसलाई विद्युतीय प्रणालीबाट राखिन्छ । रुपैयाँ जस्तै यसको छपाई हुँदैन । यसलाई कम्प्युटर मार्फत बनाइन्छ र धेरै सुरक्षित साथ यसलाई राख्ने गरिन्छ ।
प्रतिक्रिया