लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
२० पटक हेरिएको
Shares
लिम्बूवानको प्रदर्शन,प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सुरक्षाकर्मी ले हुन् दिएनन

सारांश

  • बिराटनगर १२ भदौ ।
  • संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बूवान मञ्च नेपाल लाई विराटनगर स्थित प्रदेश १ को प्रदेशसभा भवन बाहिर धर्ना दिन प्रहरीले सोमबार रोक लगाएको छ ।
  • लिम्बूवानको प्रदर्शन र धर्नालाई मध्येनजर गर्दै  प्रदेशसभा वरपरको सुरक्षा अवस्था निकै कडा पारिएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजाल बताए ।

बिराटनगर १२ भदौ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बूवान मञ्च नेपाल लाई विराटनगर स्थित प्रदेश १ को प्रदेशसभा भवन बाहिर धर्ना दिन प्रहरीले सोमबार रोक लगाएको छ । लिम्बूवानको प्रदर्शन र धर्नालाई मध्येनजर गर्दै  प्रदेशसभा वरपरको सुरक्षा अवस्था निकै कडा पारिएको प्रदेश १ का प्रहरी प्रमुख डीआईजी केदार रिजाल बताए ।

प्रदेश १ को राजधानी विराटनगरमा प्रदर्शन गर्ने र प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम सार्वजनिक गरेपछि ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो । प्रदेशसभा वरपरको स्थितीलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएर धर्ना दिन रोक लगाइएको बताए । उनले प्रदेशसभा भवनबाट पूर्वतर्फ देवकोटा चोक र पश्चिमतर्फ अस्पताल चोक सम्मको लगभग तीन सय मिटर क्षेत्रलाई सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिएको बताए । उनका अनुसार लिम्बूवानको पूर्वघोषित कार्यक्रम अनुसार सोमबार प्रदेश १ को प्रदेशसभा बाहिर धर्ना दिने कार्यक्रम थियो ।

झापा, मोरङ र सुनसरीबाट विराटनगर आएका लिम्बूवानी नेता कार्यकर्ताले प्रदर्शन समेत गरेका थिय। नारा जुलुस गर्दै प्रदेशसभा तर्फ अघि बढन खोजेपछि  लिम्बूवानका नेता कार्यकर्तालाई प्रहरीले विराटनगरको अस्पताल चौक मा रोकेर अघी बढ्न दिएन। प्रहरीले ब्यापक परिचालन देखेर उनीहरुले  प्रदेशसभाबाट लगभग दुई सय मिटर पश्चिममै रहेको अस्पताल चोकमै धर्ना दिए । सडकमै दिइएको धर्नाका कारण सवारी साधन आवतजावतमा भने अवरोध पुगेको थियो । सडकमा धर्ना दिइरहँदा प्रदेशसभा बैठक भने जारी रहेको थियो । प्रदेशका १४ जिल्ला मध्ये झापा, मोरङ र सुनसरी बाहेक ११ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालयमा भने धर्ना दिने पूर्वघोषित कार्यक्रम पनि थियो ।

डीआईजी केदार रिजालले विराटनगर स्थित प्रदेशसभा बाहिर र ११ वटा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने पूर्वघोषित कार्यक्रमलाई मध्यनजर गर्दै त्यही हिसावको सुरक्षा व्यवस्था मिलाइएका कारण कुनै पनि घटना नभएको  जानकारी दिए । उनले प्रदेशसभा बाहिर धर्ना दिन भने रोक लगाउनकै लागि विहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । ‘प्रदेशसभा बाहिर धर्ना दिने लिम्बूवानको पूर्वघोषित कार्यक्रम थियो,’ रिजालले भने, ‘त्यही भएर प्रदेशसभा वरपर आन्दोलनकारीलाई प्रवेश नै गर्न नदिने योजना बनाइयो ।सो अनुरुप नै आफुहरु को सुरक्षा योजना सफल भयको उनले बताए ।सुरक्षा व्यवस्था कडा पार्न ठाउँठाउँमा पिकेट र मोवाइल गस्ती तथा सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको थियो । तालिम प्राप्त कुकुरबाट पनि गस्ती बढाइएको थियो । सुरक्षाकर्मीको योजनाका कारण कुनै घटना हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै एम्बुलेन्स र दमकल पनि तयारी अवस्थामा राखिएको थियो । तर कुनै तनावको स्थिती भने उत्पन्न भएन ।

डीआईजी रिजालले समूह नबनाइकन सर्वसाधारणलाई प्रदेशसभा वरपर हिंडडुल गर्न दिइएको बताउँदै भने, ‘सवारी साधन संचालनमा रोक लगाइयो र आन्दोलनकारीलाई प्रदेशसभा वरपर प्रवेश गर्न दिइएन ।’

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले प्रदेश १ को नाम लिम्बूवान, किराँत र खम्बुवान हुनु पर्ने मुख्य माग राखेर आन्दोलनलाई जारी राखिएको बताए ।

आफूहरुको मागलाई सम्बोधन गर्न दवाव दिने उदेश्यले प्रदेशसभा बैठक बस्ने दिन नै प्रदेशसभा बाहिर धर्ना कार्यक्रम राखिएको उनको भनाइ छ । लिङ्देनले प्रहरीले रोक लगाएका कारण प्रदेशसभाबाट केही पर भए पनि प्रदेश सरकारलाई दवाव दिनका लागि धर्ना दिइएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?