भारतबाट यो वर्ष ५० हजार मेट्रिक टन चिनी आउने

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ५, २०७३
|
|
४३५ पटक हेरिएको
Shares
भारतबाट यो वर्ष ५० हजार मेट्रिक टन चिनी आउने

सारांश

  • सरकारी गोदाममा चिनी सकिएपछि यो वर्ष भारतबाट ५० हजार मेट्रिक टन चिनी ल्याइने भएको छ ।
  • अर्थ मन्त्रालयले चिनी ल्याउन स्वीकृति दिएपछि साल्ट ट्रेडिङ कर्पोरशेन लिमिटेडले तत्कालै ५० हजार मेट्रिकटन चिनी ल्याउन ‘इन्टरनेशनल बिडिङ’ गर्ने निर्णय गरेको छ ।
  • साल्ट ट्रेडिङ भारतबाट चिनी आयातका लागि सहुलियत भन्सार माग्दै अर्थ मन्त्रालयमा निकै अघि प्रस्ताव पठाएको थियो ।

सरकारी गोदाममा चिनी सकिएपछि यो वर्ष भारतबाट ५० हजार मेट्रिक टन चिनी ल्याइने भएको छ । अर्थ मन्त्रालयले चिनी ल्याउन स्वीकृति दिएपछि साल्ट ट्रेडिङ कर्पोरशेन लिमिटेडले तत्कालै ५० हजार मेट्रिकटन चिनी ल्याउन ‘इन्टरनेशनल बिडिङ’ गर्ने निर्णय गरेको छ ।

साल्ट ट्रेडिङ भारतबाट चिनी आयातका लागि सहुलियत भन्सार माग्दै अर्थ मन्त्रालयमा निकै अघि प्रस्ताव पठाएको थियो । बजारमा अभाव देखाएर ब्यापारीहरुले चिनीको मूल्य बढाएपछि मात्रै मन्त्रालयले चिनी आयातको अनुमति दिएको छ । यो वर्ष चिनीको मूल्यले नेपाली बजारमा महंगीको रेकर्ड नै राखेको छ ।

बजारमा बढ्दो दरमा रहेको मूल्यलाई नियन्त्रण गर्न चिनी आपूर्तिमा ढिलाइ नगरिने साल्ट ट्रेडिङमा प्रवक्ता कुमार राजभण्डारीले अनलाइनखबरलाई बताए । ‘हामी केही दिनमै टेण्डर गर्छौं, चिनी आयतमा सकेसम्म ढिलाइ नहुने गरी काम गर्ने योजना बनाएका छौं’ राजभण्डारीले भने ।

सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशनले भारतबाट १ प्रतिशत मात्रै भन्सारमा चिनी किन्छ । सरकारले भारतबाट आउने यो चिनीलाई १४ प्रतिशत भन्सार मिनाह गर्छ ।

नेपालमा उखु किसानहरूले भाऊ नपाएर तडि्पइरहेपनि चिनी उद्योगी र ब्यापारीको कालोबजारीका कारण सरकारले भारतबाट चिनी झिकाउनुपर्ने अवस्था आउने गरेको छ ।

सँधैजसो साल्ट ट्रेडिङसँग चिनी मौज्दात सकिएपछि बजारमा चिनीको मूल्य अनियन्त्रित हुन्छ । गत वर्ष पनि ३० हजार मेट्रिक टन चिनी भारतबाट आयात भएको थियो ।

अहिले साल्ट ट्रेडिङसँग चिनी मौज्दात एकदमै न्युन मात्रै छ । सरकारले बेलैमा चिनी आयात गर्ने निर्णय नगर्दा अब भारतमै महंगो मूल्य तिर्नेपर्ने अवस्था आएको अधिकारीहरु दावी गर्छन् ।

साल्ट ट्रेडिङको गोदाममा चिनी सकिनासाथ बजारमा मूल्य आकाशिने समस्या नियन्त्रण गर्न भारतबाट आयात गर्न लागिएको हो ।

(https://www.voiceoverherald.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतको दिल्लीमा आगलागीमा परी नौ जनाको मृत्यु
भारतको दिल्लीमा आगलागीमा परी नौ जनाको मृत्यु
आजको मौसमः चार प्रदेशमा आंशिक बदली रहने
आजको मौसमः चार प्रदेशमा आंशिक बदली रहने
ट्राफिकको यस्तो कार्यक्रमले दुर्घटना कम होला त !
ट्राफिकको यस्तो कार्यक्रमले दुर्घटना कम होला त !
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
साढे ३ करोड नक्कली भारु सहित युनिस अन्सारी पक्राउ
साढे ३ करोड नक्कली भारु सहित युनिस अन्सारी पक्राउ
प्रधानमन्त्री र सिके राउतले गरे एकअर्काकाे प्रशंशा
प्रधानमन्त्री र सिके राउतले गरे एकअर्काकाे प्रशंशा
ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
ह्वात्तै घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
केन्याविरुद्धको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालद्वारा क्लिन स्विप
केन्याविरुद्धको एकदिवसीय सिरिजमा लगातार तेस्रो जित निकाल्दै नेपालद्वारा क्लिन स्विप
‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि काठमाडौँ महानगरपालिका छनोट
‘स्वीस टुरिजम अवार्ड २०२३’ का लागि काठमाडौँ महानगरपालिका छनोट
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक: डा. रामशरण महत
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सकारात्मक: डा. रामशरण महत

तपाईंले छुटाउनुभयो कि?