काठमाडौँ महानगरको ३१ वडामा एमालेका ढकाल निर्वाचित

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ८, २०७९
|
|
३७ पटक हेरिएको
Shares
काठमाडौँ महानगरको ३१ वडामा एमालेका ढकाल निर्वाचित

सारांश

  • काठमाडाै।
  • काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवारले सरोज ढकाल प्रतिस्प्रर्थी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित भएका छन्।
  • ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गरे।

काठमाडाै। काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवारले सरोज ढकाल प्रतिस्प्रर्थी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै अध्यक्षमा निर्वाचित भएका छन्। ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गरे।

त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट अशोक केसी खत्री र एमालेका हुमादेवी आचार्य निर्वाचित भइन्। महिला सदस्यतर्फ एमालेका अप्सरा सञ्जेलले जीत हात पारेकी छन्। दलित महिला सदस्यमा एमालेकै सान्नानी मिजार विजय भएकी छन् ।

हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६ र २७ को मतगणना जारी छ । कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ।

(Modafinil Smart Drug)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?