प्रधानन्यायाधीशमा जोशी अस्वीकृत हुनुका यस्ता रैछन् पाँच कारण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १८, २०७५
|
|
१८ पटक हेरिएको
Shares
प्रधानन्यायाधीशमा जोशी अस्वीकृत हुनुका यस्ता रैछन् पाँच कारण

सारांश

  • काठमाडौं, १८ साउन ।
  • संसदीय सुनुवाइ विशेष समितिले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकार गर्नुको पाँच कारण दिएको छ ।
  • प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिष्कारबीच समितिले जोशीको नाम अस्वीकृत गरेको हो ।

काठमाडौं, १८ साउन । संसदीय सुनुवाइ विशेष समितिले दीपकराज जोशीलाई सर्वोच्च अदालतको प्रधानन्याधीश बनाउन अस्वीकार गर्नुको पाँच कारण दिएको छ । प्रमुख विपक्षी कांग्रेसका सांसदहरुको बहिष्कारबीच समितिले जोशीको नाम अस्वीकृत गरेको हो ।

जम्मा १५ सदस्यीय समितिमा जोशीको विपक्षीमा १० मत परेको थियो, जुन प्रस्तावित नाम अस्वीकार गर्न चाहिने दुई तिहाई हो । सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) र फोरमका सांसदहरुले जोशीको विक्षमा मत दिएका थिए ।

बैठकपछि समिति सदस्य योेगेश भट्टराईले जोशीलाई अस्वीकृत गर्नुको पाँच कारण सुनाएका थिए ।

पाँच कारण
१) प्रधानन्यायाधीश नियुक्त भए के कसरी जिम्मेवारी निर्वाह गर्ने भन्ने ठोस कार्ययोजना र अवधारणाा पेश गर्न नसकेको ।

२) सुनुवाईका क्रममा आचरण, इमान्दारिता र कार्यक्षमताबारे सोधिएको प्रश्नको प्रष्ट र सन्तोषजक जवाफ दिन नसकेको ।

३) शैक्षिण प्रमाणपत्र सन्देहात्मक रहेको र जन्ममिति समेत फरक फरक रहेको । यसबारे जोशीले यथेस्ट प्रमाण पेश गर्न नसकेको ।

४) जोशीको सार्वजनिक आचरण र विगतका कामकारबाहीबारे पूर्वन्यायाधीशहरुबाटै प्रश्न उठेको र सर्वोच्चको न्यायाधीश रहँदा नेपालको न्याय प्रणाालीमा योगदान दिनसक्ने दृष्टान्त पेश गर्न नसकेको ।
५) जोशीबाट न्यायालय स्वतन्त्र, सक्षम र विकृतिविहीन हुनसक्छ भन्ने निश्चित हुन नसकेको ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Rajesh Khanal

    Laag mardo Parti ko chamche bhaye pachhi padnu ni naparne dublicate certifies Le ni Chief Justice huna paune laag mardo Congress Le yesto sino haru lai bokera hideko rahexa thukka Syal haru

    Comment Author

    Uddhab Karki

    Nyadhis ma congress le sifaris garna na huni nekapa manekai thena khali congress ko bahumat le sifaris garyo ahile ultaidiyo kuro thik ho raxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?