एमाले–माओवादी केन्द्रको एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोकाको भाकल ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
१६ पटक हेरिएको
Shares
एमाले–माओवादी केन्द्रको एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोकाको भाकल ?

सारांश

  • काठमाडौं, ८ बैशाख ।
  • नेकपा एमालेका स्थायी कमिटी सदस्य केशव बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन् ।
  • शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता बडालले एकता प्रक्रियामा केही विलम्ब हुँदा केही मानिसहरुको मन र भावना कुँडिएको बताउँदै भने, “केही त एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गर्ने काम समेत गरेका छन्, तर अब एकता हुँदैन कि भनेर आशंका नगर्न म यही मञ्चबाट आग्रह गर्दछु ।

काठमाडौं, ८ बैशाख । नेकपा एमालेका स्थायी कमिटी सदस्य केशव बडालले एमाले–माओवादी केन्द्रबीचको एकता नहोस् भनेर केहीले दक्षिणकालीमा कालो बोका भाकल गरेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता बडालले एकता प्रक्रियामा केही विलम्ब हुँदा केही मानिसहरुको मन र भावना कुँडिएको बताउँदै भने, “केही त एकता नहोस् भनेर दक्षिणकालीमा कालो बोका भाकल गर्ने काम समेत गरेका छन्, तर अब एकता हुँदैन कि भनेर आशंका नगर्न म यही मञ्चबाट आग्रह गर्दछु ।”

साक्षात्कारमा बोल्दै एमाले नेता बडालले पार्टी एकता भनेको कुरा केटाकेटीको खेलजस्तो नभएको स्पष्ट पार्दै भने, “पार्टीहरुबीच एकता हुनु र मोर्चा हुनु फरक कुरा हो ।” स्थानीय तहदेखि केन्द्रसम्म एमाले र माओवादी केन्द्र हार्दिकताका साथ अघि बढेको उल्लेख गर्दै नेता बडालले दुई पार्टीबीचको एकता छिट्टै हुने विश्वास दिलाए ।

बैशाख ९ गतेको लागि एकता घोषणा गर्ने भनिए पनि त्यो सम्भावना नरहेको उनको भनाई थियो । यद्धपि भोलि दुबै पार्टीले संयुक्तरुपमा कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने जानकारी बडालले दिए । एमाले र माओवादी केन्द्रबीच एकताको लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त ५०÷५० को कुरा गर्नुभएको छ नि ? तपाईँहरु के गर्नुहुन्छ ? भनेर सोधिएको अर्को प्रश्नमा नेता बडालले भने, “पार्टी एकता र मोर्चा एउटै कुरा होइन, एकता भनेको त पानी मिसाएजस्तो हुनुपर्छ ।”

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Shyam Fayal

    Khicha ji k bolnu hunxa? Tapaiharu aafai bokako bhakal garer hidnu bhayako hola haina?

    Comment Author

    Gangadhar Sapkota

    Kesab badal lai turunta parti bata niskasan gara chito vanda xito

    Comment Author

    Dhruva Sedhai

    कस्तो घटिया बिचार शोच भएको मान्छे हो यो

    Comment Author

    Kalo Rat

    Boko kharch garnu nai pardaina

    Comment Author

    Hari Prasad Ghimire

    मुलुक को सम्पुर्ण ध्यान पार्टी एकता होकि एकिकरण तिर मोडेर , कालो बोको को कुरा गर्न अलि सुहाएन कि ?

    Comment Author

    Prabhat Kiran

    Ko boulayo ta?

    Comment Author

    JB Khadka

    Kasle manxe justo dekheko xa yo ta pasu ho…..

    Comment Author

    Buddhipd Rai

    कालो बोकाको भाकलमा विश्वास गर्ने नेता केशव वडालजी पनि पारश शाहको Dady ज्ञानेन्द्र शाह जस्तै अन्धविश्वासी रहेछन्!!!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?