प्रदेश नम्बर तीनः ‘प्रदेशमन्त्री’का लागि सरेश नेपालको शक्तिशाली दाबेदारी, कस्तो छ सम्भावना ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
२४ पटक हेरिएको
Shares
प्रदेश नम्बर तीनः ‘प्रदेशमन्त्री’का लागि सरेश नेपालको शक्तिशाली दाबेदारी, कस्तो छ सम्भावना ?

सारांश

  • सिन्धुपाल्चोक, पुस ७ ।
  • प्रदेश नम्बर तीनको ‘प्रदेशमन्त्री’का लागि एक शक्तिशाली दाबेदार हुन्, सरेश नेपाल ।
  •  जसले सिन्धुपाल्चोकबाट प्रदेशसभा सदस्य निर्वाचनमा अत्यधिक मतान्तरमा चुनाव जितेका थिए ।

सिन्धुपाल्चोक, पुस ७ । प्रदेश नम्बर तीनको ‘प्रदेशमन्त्री’का लागि एक शक्तिशाली दाबेदार हुन्, सरेश नेपाल । जसले सिन्धुपाल्चोकबाट प्रदेशसभा सदस्य निर्वाचनमा अत्यधिक मतान्तरमा चुनाव जितेका थिए ।

गाविस अध्यक्ष, जिल्ला विकास समिति सिन्धुपाल्चोकको उपसभापति, सभापति हुँदै प्रदेशसभा सदस्य निर्वाचन जितेका नेपालले प्रदेश सरकारका महत्वपूर्ण मन्त्रालयमध्येको एकको जिम्मेवारी पाउने सम्भावना प्रबल रहेको बताइएको छ ।

स्थानीय विकाससँग ज्यादा जानकार नेपाललाई स्थानीय विकाससँग सम्बन्धित मन्त्रालयकै जिम्मेवारी आउने सम्भाबना बढेको एमाले स्रोतले जनाएको छ ।

एमाले अध्यक्ष एवम् प्रस्तावित प्रधानमन्त्री केपी शर्मा ओलीका निकटपात्रका रुपमा चिनिएका नेपालले यसअघि पार्टीको केन्द्रीय लेखा आयोग सदस्य हुँदै भूमि अधिकारका क्षेत्रमा निकै प्रभावकारी कार्यसम्पादनको अनुभव संगालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?