चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता म्याग्दीमा सुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १०, २०७३
|
|
४०४ पटक हेरिएको
Shares
चौथो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता म्याग्दीमा सुरु

सारांश

  • म्याग्दी :- गङगाटा क्लबले म्याग्दीको बेनि बजारमा आयोजना गरेको “चौथो राष्ट्रिय स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०७३” चैत्र ९ गते देखि प्रारम्भ भएको छ।
  • प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री श्रीपालीले गर्नु भएको थियो।
  • प्रतियोगितामा मेन्स सिङल, वुमेन्स सिङल, मेन्स डबल्स, मिक्स्ड डबल्स र U-17 अन्तर्गतका खेल छ्न।

म्याग्दी :- गङगाटा क्लबले म्याग्दीको बेनि बजारमा आयोजना गरेको “चौथो राष्ट्रिय स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०७३” चैत्र ९ गते देखि प्रारम्भ भएको छ। प्रतियोगिताको उद्घाटन खेलकुद मन्त्री श्रीपालीले गर्नु भएको थियो।
प्रतियोगितामा मेन्स सिङल, वुमेन्स सिङल, मेन्स डबल्स, मिक्स्ड डबल्स र U-17 अन्तर्गतका खेल छ्न। उक्त प्रतियोगितामा विभिन्न जिल्लाका खेलाडीले भाग लिएका छ्न।
त्यस्तै हिजो भएको मेन्स सिङल्समा निराजन देवकोटाले म्याग्दीका सुरेन्द्र हमाललाई पराजित गरेका छ्न। त्यस्तै दिपेश शाक्यले राजाबाबु शर्मालाई , बिबेक जि. सिले केवल श्रेष्ठलाई , सुमन लिम्बूले बिजय बानियालाई, जीवन आचार्यले शिव थापा र सुनिल जोशीले दिलेन्द्र पुनलाई पराजित गरेका छ्न।
त्यसै गरि U -17 प्रफुल महर्जनले मोरङका उज्ज्वल पोख्रेललाई, इशानले कृष्णलाई , बिशाल खड्काले रोशन कुमाललाइ, शिव थापाले अजय चौधरीलाई, प्रकाश माझीले सहज शाक्यलाइ, पबिन लिङ्थेपले बिकाश शर्मालाई , वरुनले मिलन थापालाई प्रीन्स दहालले सुदिप पान्डेलाई हराएका छ्न।
प्रतियोगिता चैत्र १२ गते सम्म चल्ने छ।

शिखर सम्बाददाता
कम्केश निरौला

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?