अध्यक्ष दाहाल भन्छन् ‘एमालेले फोरमसँग तालमेल गर्न नसकेपछि हामीसँग आयो’

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ९, २०७४
|
१०
|
२१ पटक हेरिएको
Shares

सारांश

  • नवलपरासी : माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन्।
  • शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने क्रममा कावासोतीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले संघीय फोरमसँग एमालेका केही नेताले सरकार बनाउन प्रस्ताव राखेको, तर फोरम अध्यक्ष उपेन्द्र यादवले तालमेल गर्न नमानेपछि माओवादीसँग मिल्नुको विकल्प नभएको दाबी गरेका हुन्।
  • एमाले महासचिव ईश्वर पोखरेलले सरकार, पार्टी र संसदीय दल तीनै पदमा एमालेको नेतृत्व रहनुपर्ने तर्कप्रति संकेत गर्दै दाहालले यस्तो भनेका हुन्।

नवलपरासी : माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले एमालेले संघीय फोरमसँग मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि फोरम नमानेपछि माओवादीसँग आएको आरोप लगाएका छन्। शनिबार भैरहवा जेसिज उद्घाटनमा सहभागी भएर फर्कने क्रममा कावासोतीमा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै दाहालले संघीय फोरमसँग एमालेका केही नेताले सरकार बनाउन प्रस्ताव राखेको, तर फोरम अध्यक्ष उपेन्द्र यादवले तालमेल गर्न नमानेपछि माओवादीसँग मिल्नुको विकल्प नभएको दाबी गरेका हुन्।

एमाले महासचिव ईश्वर पोखरेलले सरकार, पार्टी र संसदीय दल तीनै पदमा एमालेको नेतृत्व रहनुपर्ने तर्कप्रति संकेत गर्दै दाहालले यस्तो भनेका हुन्। शुक्रबार गृहनगर भरतपुरमा दाहालले एमाले अध्यक्ष केपी ओलीसँग आलोपालो सत्तारोहण गर्ने सहमति भएको दाबी गरेका थिए। ‘फोरमसँग पनि उहाँहरुले तालमेल गर्नखोज्नुभयो, तर उपेन्द्रजी नमानेपछि हामीबाहेक एमालेसँग सरकार बनाउने विकल्प छैन,’ दाहालले भने, ‘अब एमालेसँग मिलेर हामी सरकार बनाउँछौं। एमालेले एक्लै बहुमत पाएर हामीलाई पन्छाउने हो कि भन्ने त्रास थियो तर बहुमत नपाएपछि त्यो डर हट्यो।’

दाहालले कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच वर्षका लागि आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि एमालेसँग एकताकै लागि नमानेको जिकिर गरे। ‘उनले त झन् लिखित दिनपर्‍यो भने पनि तयार छु भनेका हुन्, तर हामी त्यसमा मानेनौं। हामी वाम एकतामा इमानदार छौं, किनकि यो मेरै प्रस्ताव हो। त्यसैले वाम सरकार बनाउने जिम्मेवारी हाम्रै हो, मेरै हो।’

प्रतिक्रिया

10 कमेन्ट

    Comment Author

    Khemraj Acharya

    Harami congress sanga gaye hunxa ni

    Comment Author

    X Tupid Maddy Wolfy

    Sayad jit ko mat lage jasto cha

    Comment Author

    Vinod Barali

    Yo galat ho

    Comment Author

    Vinod Barali

    Yesta vrammi kurama biswas na garnu

    Comment Author

    Shambhu Shrestha

    बनावटी अात्मा समर्णपन गर्ने प्रबिधीले बनाएको चित्रण मात्रहो

    Comment Author

    Jirel Tika

    ए हो र ? एमाले हो एमाले ?!! होसियार मात्रै भनेको हो एकता नगर भनेको होइन !!! चतुर्‍याइँ गरेर कुनै फसाउला र आफ्नो पार्टीको एजेन्डा पतन होला मात्रै भन्न खोजेको ?!!

    Comment Author

    निस्चल नेवा श्रेष्ठ

    यो पागल प्रचन्ड छोरा मरेको चिन्ताले गर्दा जे पायो तै बोल्छ

    Comment Author

    Sahadev Acharya

    गफ र काम फरक कुरा हुन । जनता यो प्रयोग हेर्न चाहन्छ्न ; ।शुरु मै यस्तो हर्कत राम्रो भएन ।

    Comment Author

    Sita Paudel

    Yesta kura garda bishwasma darar paida hunchha adhyekshey jui aapasama kura garda ramro hunchha byaktiko pachhi lagnu hundaina

    Comment Author

    Pharshuram Kandel

    Yo gada ho Kate kara lat hanxa ta hudana camrat

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 10
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?